शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कानून निर्माण पछि विकासले गति लिने ः उपप्रधानमन्त्री पोखरेलको तर्क
पौष २६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान पुस २६ - 
सिरहाको कर्जन्हा गोविन्दपुर ५ मा जयगोबिन्द साह स्मृति सभा भव्यताका साथ सम्पन्न भएको छ। प्रदेश २ को ईन्चार्ज प्रभु साहको अध्यक्षता तथा नेकपा का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभा लाइ सम्बोधन गर्नु हुदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून निर्माणको प्रक्रियमा सरकारको सम्पूर्ण ध्यान गएकोले जन चहना अनुसार समृद्धि र विकासले गति लिन नसकेको बताउनु भएको छ । २९ औ जयगोबिन्द साह स्मृति सभालाई सिरहाको कर्जन्हामा सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको छ। सरकार परिवर्तन मात्रै भएको छैन,‘सत्ता नै परिवर्तन भएको परिवेशमा संविधान कार्यान्वयनको लागि ३३९ वटा नयााँ कानूनहरु बनाउनुपर्ने भएकोले सरकारको सम्पूर्ण ध्यान उतैतिर केन्द्रिीत भएको बताए।’

चुनावी घोषणापत्रमा उल्लेख गरिएको हरेक प्रतिवद्धताहरु पूरा गर्न यो सरका कटिवद्ध रहेको मन्त्री पोखरेलले भन्नु हुँदै चैत्र महिना सम्ममा सबै कानून निर्माण भैसक्ने दाबी गर्नुभयो ।समाजिक सुरक्षा भत्ता पाँच हजार पुरयाउने ,हुलाकी राजमार्ग द्रूतगतिमा निर्माण गर्ने ,मेची–महाकाली रेलमार्ग र जलमार्ग , चार लाईनको सडक विस्तार ,कोशी कमला डाईभर्सन निर्माण गरेर प्रदेश २ लाई अन्नको भण्डार बनाएर समृद्धिको यात्रामा लम्काई यूवाहरुलाई रोजगारी दिन सरकारको प्राथमिकतामा रहेको जिकिर गर्नुभयो । 

पूर्वी भेगका कम्यु्निष्ट आन्दोलनको धरोहर जय गोविन्द साह , सूर्यनाथ यादव , रामबृक्ष यादव लगायतका महान शहिदहरुको सपना सकार पार्न नै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर समाजवादी यात्रामा नेकपा अघि बढिरहेको छ। प्रदेश २ मा कामकाजको भाषा मैथिली र भोजपूरी बनाउनुपर्छ ,हिन्दी कुनै हालतमा मान्य नहुने , नागरिकताको सवालमा विदेशी महिलासंग विवाह गरेर ल्याएको खण्डमा अंगीकृत नागरिकता र अंगीकृत नागरिकता पाएको महिलाहरुबाट जन्मेका सन्तानले मात्रै बंशजको नागरिकता पाउन सक्ने बताउनुभयो । 

नेकपमा केन्द्रिय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जय गोबिन्द साह कम्युनिष्ट आन्दोलनको ‘शिल्पी’ भएको भन्दै समाजवादी क्रान्ति सफल गर्नको लागि सरकारले शहिदहरुको सपना सकार गर्न लागि परेको दृढता व्यक्त गर्नुभयो । प्राप्त लोकतन्त्रको रक्षा र थप उपलब्धी प्राप्त गर्नको लागि तीनै तहको सरकारले जन भावना अनुसार काम गर्नको लागि लाग्नुको विकल्प नरहेको भन्दै जय गोबिन्द साहको शालिक निर्माण गरेर पार्टीले सराहनीय काम गरेपनि आदर्श बोकेर व्यवहारमा उतार्न पार्टीको निर्देशन  रहेको उद्घोष गर्नुभयो । 

१९७६ सालमा सिरहाकै जेलमा जन्मिनु भएको जय गोबिन्द साह राणा र पञ्चायतकालमा विभिन्न हण्डर र ठक्कर खाएर किसान आन्दोलनको अगुवा नेता हुनुको साथै कम्युनिष्ट सिद्धान्तलाई व्यवहारमा उतारेर सिरहाको पश्चिमी भेगलाई उर्वरभूमि बनाउनु भएको चर्चा नेकपाको केन्द्रिीय सदस्य तथा प्रदेश २ को अध्यक्ष सत्य नारायण मण्डल ,सह ईन्चार्ज विश्वनाथ साह ,केन्द्रिीय सदस्य तथा सांसद लिलानाथ श्रेष्ठ,सांसद बोधमाया यादव ,केन्द्रयि सदस्यहरु धर्मनाथ साह ,महेन्द्र पासवान,प्रदेश सभा सदस्यहरु राम कुमार यादव र दिलीप साहले चर्चा गर्नुभएको थियो । नेकपा प्रदेश २ को ईन्चार्ज प्रभु साहको अध्यक्षतामा सम्पन्न स्मृति सभामा दस हजारभन्दा बढी जन समुदायको सहभागीता रहेको थियो । स्मृति सभा कार्यक्रममा आएका नेता तथा सहभागीहरुले सहिद जय गोविन्द साहको सालिकमा सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सभामा नेकपा क्रान्तिकारी माओवादी बैद्य समूह परित्याग गरि हिरा बहादुरको नेतृत्वमा विजय गुप्ता, सुरेन्द्र साह,उमेश साह,अताबुल मिया, राम देव कारक, शुभ लाल राम , शिवनाथ राम , मोहमद मुल्लाह लगायत सयौ नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन। नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई प्रमुख अतिथि नारायणकाजी श्रेष्ठ प्रकाश र रक्षामन्त्री ईश्वर पोखरेलले अवीर माला लगाई स्वागत गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.