शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेशनल प्यावसनको २१ औ स्थापना दिवस लहानमा पनि मनाइयो
पौष २७, २०७५ | फिरोज शेख

फिरोज शेख २०७५ लहान पुस २७ - 
सिरहाको लहानमा राष्टिय निजि तथा आवासीय एसोसिएसन नेपालको २१ औ स्थापना दिवस नेशनल प्यावसन सिरहाले दिप प्रज्जवलन कार्यक्रम गरि मनाएका छन। २०५४ साल पुस २७ गते शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य बोकी निजि लगानीमा संचालित विद्यालयहरुको साझा संगठन राष्टिय निजि तथा आवासीय एसोसिएसन नेपालले सफलता पुर्वक २१ औ वर्ष पुरा गरि २२ औ वर्षमा प्रवेश गरेको शुभ अवसरमा देशैभर नेशनल प्यावसनले विभिन्न कार्यक्रमको आयोजना गरि २१ औ स्थापना दिवस मनाएका छन।

 " सार्थक शिक्षाका लागि हाम्रो अभियान " भन्ने मूल नारा सहित लहानको शहिद पार्कको अगाडी नेशनल प्यावसन प्रदेश न.२ का अध्यक्ष जय प्रकाश चौधरी , नेशनल प्यावसन जिल्ला अध्यक्ष प्रदीप तिवारी,अभिभावक संघका जिल्ला अध्यक्ष रामानन्द गुप्ता,उपाध्यक्ष जितेन्द्र प्रकाश महतो र चक्रपानि दाहाल,सचिव सुदिप चौधरी, सहसचिव राज कुमार सिंह,नगर कोषाध्यक्ष पृतम सितौला , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,योग गुरु रोहित नेउपाने लगायत  नेशनल प्यावसन सिरहामा आवद्ध विभिन्न निजि विद्यालयका शिक्षकहरुको उपस्थितिमा दिप प्रज्जवलन कार्यक्रम संगै शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेका छन। सिरहा जिल्ला भरिका निजि तथा आवासीय विद्यालयहरु मध्ये ११२ वटा विद्यालयहरु आवद्ध रहेका छन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.