शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका शिक्षकहरु आन्दोलित,२ दिन विधालय बन्दको घोषणा
पौष २८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पुस २८ - 
सिरहा जिल्ला अन्तर्गत पर्ने विभिन्न विद्यालयहरुका शिक्षकहरुको तलब भत्ता समयमा नदिएको र स्थानीय निकायहरुले शिक्षक दरवन्दी तथा नियुक्ति , सरुवामा आफ्नो मनोमानी गरेको भन्दै समुदायिक विधालयहरुका शिक्षकहरुले पत्रकार सम्मेलन गरि २ दिन सिरहा जिल्लाका सम्पूर्ण विधालयहरु बन्द गर्ने लगायतका कार्यक्रमहरु तय गरि आन्दोलित भएका छन। स्थानीय निकायहरुले नियम कानुन विपरित अधिकार क्षेत्र भन्दा बाहिर गई कार्य गर्न थालेको आरोप लगाउदै नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहा,नेपाल शिक्षक संघ जिल्ला समिति सिरहा, एकीकृत अखिल नेपाल शिक्षक संगठन, संघीय सामाजवादी शिक्षक फोरम सिरहा,नेपाल शिक्षक मन्च सिरहा, नेपाल राष्ट्रिय शिक्षक परिषद सिरहा,अखिल नेपाल शिक्षक संगठन सिरहा,लोकतान्त्रिक शिक्षक युनियन सिरहा र गणतान्त्रिक शिक्षक फोरम सिरहाको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा भगवानपुर गाउपालिकाले २०७५ श्रावन देखि हाल सम्म १६ वटा विद्यालयहरु तथा सरकारी कार्यलयमा कार्यरत करिब १५० जना शिक्षक कर्मचारीहरुको तलब भत्ता एवं राष्ट्रिय चाड दशैँ खर्च समेत परिषद नभएको भन्दै रोकिराखेको, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका तथा लहान नगरपालिकाको क्रियाकलाप बाट समेत त्यस ठाउँका शैक्षिक एवम शिक्षकका समस्याहरु झन् जटिल बन्दै गइरहेको आरोप लगाएका छन। 

कल्याणपुर नगरपालिकाले प्र.अ.लाल देव साहको सरुवा गैरकानुनी रुपमा गरेको,मिर्चैया नगरपालिकाले प्र.अ.आशा भूडेरको काज सरुवा पूर्वाग्राही रुपमा गरेको, त्यस्तै लहान नगरपालिकाले समायोजनको नाममा १ दर्जन भन्दा बढी बालविकासका सहयोगी कार्यकर्ताहरुको अपायक हुने गरि सरुवा गरेको शिक्षक संगठनहरुले आरोप लगाएका छन। यस सम्बन्धमा सम्मानित उच्च अदालत एवं सर्वोच् अदालतले निषेधाज्ञाको आदेश जारि गरेपनि त्यसको पुरै वेवास्ता गरि कल्याणपुर नपाले विद्यालय सम्बद्ध वडा कार्यलयमा शिक्षक हाजिरी रजिष्ट्रर कायम गरि प्र.अ.वाहेक केहि शिक्षकहरुलाई झिकाई गैरकानुनी रुपमा हाजरी बनाउने कार्य गरिरहेको, मिर्चैया नपाले सम्मानित सर्वोच् अदालतको आदेश पत्रको जानकारी समेत बुझ्न आलटाल गरिरहेको तथा सम्बन्धित विद्यालय निरीक्षक र श्रोत व्यक्तिलाई समेत त्यस सम्बन्धि पत्रहरु नबुझन दबाब दिरहेको नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्ष देव कुमार यादवले पत्रकार सम्मेलनमा जानकारी गराएका छन।

यस सम्बन्धमा सम्बन्धित निकायसंग नियमित सम्पर्कमा रही समस्याहरुलाई सहज तरिकाबाट समाधान गर्न पटक-पटक लिखित तथा मौखिक जानकारी गराएपनि समस्यालाई समाधान गर्नुको साटो समस्या माथि समस्या थप्ने काम भइरहेको तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको शिक्षक संघका उपाध्यक्ष जस्टकर्ण दासले बताए। शिक्षा विकास तथा समन्वय इकाइले पनि कानुन संवत आफ्नो स्पष्ट भूमिका निर्वाह नगरी मुकदर्शक  भै टुलुटुलु हेरिरहेको अनुभूति हामी शिक्षकहरुले गरिरहेका छौ सम्मेलनमा उपस्थित पशुपति आदर्श माविका शिक्षक राम कुमार साहले बताए। 

यसरि समस्या उब्जाउने र समस्या समाधान गर्न पहल गरिदिने दुवै निकायबाट समाधानको आस नदेखेपछि हामि शिक्षक  संगठनहरु आन्दोलनको बाटो रोजन बाध्य भएका छौ  , कानुनि राज्यमा कानुनलाई खिल्ली उडाउने विरुद्ध सामना गर्न तयार रहेको लोकतान्त्रिक शिक्षक युनियन सिरहाका मनोज झाले बताएका छन। 

हाम्रा माँगहरु अबिलम्ब सम्बोधन नभए सशक्त चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताउदै आन्दोलन बाट पर्नजाने प्रभावको सम्पूर्ण जिम्मेबारी सम्बन्धित पक्षहरु नै हुने बताउदै भगवानपुर गाउपालिका अन्तर्गत सम्पूर्ण शिक्षक कर्मचारीहरुको तलब भत्ता निशर्त निकासाको व्यवस्था हुनु पर्ने,गैरकानुनी रुपमा स्थानीय निकायले गरेका सरुवा तथा काज सरुवाहरु बदर गरियोस, दिवा खाजा लगायतका अन्य शिर्षकका रकमहरु अबिलम्ब दिने प्रक्रिया अगाडी बढाईयोस र भगवानपुर गाउपालिका अन्तर्गत तलब भत्ता खुवाउन असफल देखिएका प्रशासकीय अधिकृतको तुरुन्त सरुवा हुनु पर्ने चार बुँदे माँग राख्दै आन्दोलनको पहिलो चरण सवरूप मिति २०७५ पौष २९ र ३० गते २ दिन जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने, माघ ३ र ४ गते शिक्षा विकास तथा समन्वय ईकाई सिरहामा तालाबन्दी गर्ने,माघ ४ गते नै आगामी कार्यक्रमको लागि पुनः बैठक बसी निर्णय गर्ने शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले पत्रकार सम्मेलन मार्फत जानकरी गराएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.