शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संविधान संसोधन नगरे जनविद्रोहमा जाने ः उपप्रधानमन्त्री यादव
माघ ६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ ६ - 
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वस्थ्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मधेसीहरुको हक, अधिकार र पहिचानका लागि संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने बताउनु भएको छ। प्रदेश सरकार द्वारा लहानको पशुपति आदर्श माविमा आयोजीत १२ औं बलिदानी दिवसको सभा लाई सम्वोधन गर्नु हुदै उपप्रधानमन्त्री यादवले आफूहरु मधेसीहरुको हक,अधिकार र पहिचान सहित संविधान संशोधनका लागि सरकारमा गएको बताउँदै कम्युनिष्ट सरकारले संविधान संसोधन गरेनन भने फेरी जनविद्रोमा जाने अवस्था आउने बताउँदै सवैलाई जनविद्रोहको लागि तयार रहन अपिल गरेका छन।

मधेस आन्दोलनकै बलमा देश गणतन्त्र सहितको संघियतामा गएको बताउदै धेरै आन्दोलनहरु सत्ता परिवर्तनमा अलमलिए पनि मधेस विद्रोहले शासन प्रणलीनै फेरबदल गरेको दावी गरे । यो मधेश आन्दोलनको सबभन्दा ठुलो उपलब्धि हो।’ उपप्रधानमन्त्री यादवले नेकपा र नेपाली कांग्रेस अझैपनि संघियताको पक्षमा नरेको आरोप लगाउदै संघियता र गणतन्त्र मधेस आन्दोलनको दम्भमा आएपनि नेकपा र कांग्रेस अहिलेपनि संघियताको पक्षमा छैन ।’ मधेश आन्दोलनकै कारण आज मधेस सरकार नेतृत्वको स्थापना भएको दाबि गरे। उनले अव चाँडै प्रदेश २ " मधेस प्रदेश" हुने र मधेसीको सरकार हुने बताए । अहिले सुरुवातमात्र भएको भन्दै हामीले अझै धेरै गर्न बाँकी रहेको समेत औंल्याए । र संविधान संशोधन मार्फत् स्वायत्त मधेश बनेपछि मात्र शहीदप्रति वास्तविक श्रद्धाञ्जलि हुने तर्क गरे।

स्वायत्त मधेशसँगै आर्थिक विकास र समृद्धिको अभियान मार्फत गरिबी, बेरोजगारको अन्त्य गरी समृद्ध र विकसित मधेश बनाउन ध्यान केन्द्रित गर्नुपर्ने, ‘प्रदेश सरकारले उपलब्ध साधन स्रोतको अधिकतम् उपयोग गरी समृद्ध प्रदेश बनाउन जुट्नु पर्छ’ कृषि, पर्यटन र जलविद्युतको अधिकतम विकास गरी आगामी केही वर्षमै प्रदेश नं.२ लाई नमूना बनाउन सकिन्छ।’

त्यस्तै प्रदेश २ का मुख्य मन्त्री मो. लालाबाबु राउत गद्दीले संघीय सरकार प्रदेश सरकारको अधिकार कटौती गरेर संघियता बिफल पार्ने षडयन्त्रमा लागको आरोप लगाएका छन। प्रदेशलाई कमजोर बनाएर संघीयता बिफल पार्न खोजे आफूहरु हात बाधेर नबस्ने संघियता, समावेसीता र मधेसी पहिचानको लागि आफूहरु जहिलेपनि लड्न तत्पर रहेको बताए ।प्रदेश सरकारले कृषि उत्पादकत्व बृद्धि, उद्योग कलकारखाना र धार्मिक पर्यटकीय स्थलको विकास र लगानीमैत्री वातावरण बनाउन मिहेनत गरिरहेको मुख्यमन्त्री राउतले बताए । 

मुख्यमन्त्री राउतले शहीद परिवारलाई सम्मान, रोजागरी, घाइते अपाङ्गलाई राहत शुरुवात मात्र भएको बताए । प्रदेश सरकार बनेपछि पहिलो मन्त्रीपरिषद्को बैठकले शहीद परिवारबाट एक जनालाई रोजगारी दिने निर्णय गरेको बताउदै त्यसको कार्यान्वयनको थालनी बलिदानी दिवसबाट गरेको उल्लेख गर्नु भयो। छुटेका शहीद परिवार, घाइते अपाङ्गहरु लाई प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसँग समन्वय गर्न आग्रह समेत गर्नु भएको छ ।’ आन्दोलनमा शहादत प्राप्त गरेका परिवारका एक÷एक जनालाई प्रदेश सरकारले रोजगारी दिने घोषणा गरेको छ। प्रदेश २ अन्तर्गत पर्सा देखि सप्तरी जिल्लाबाट कार्यक्रममा सहभागी शहीद परिवारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको ‘बलिदान दिवस को अवसर पारेर प्रदेश २ सरकारले ४६ सहिद परिवारलाई नियुक्तिको डेमो प्रदान गरेको छ । । 

डेमोमा ‘प्रदेश सरकारको तर्फबाट शहीद परिवारलाई एक परिवार एक रोजगार कार्यक्रम संचालन गर्न लागेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गर्न हुन आदेशानुसार अनुरोध छ’ उल्लेख गरिएको छ । कार्यक्रममा सहभागी हुन प्रदेश अन्तर्गतका आठ जिल्लाबाट आएका शहीद परिवारलाई प्रदेश सरकारको तर्फबाट यातायात खर्च भन्दै जनही एक हजार रुपैयाँ नगद दिइएको छ । मधेश आन्दोलनमा घाइते भएका आठ जिल्लाका ९७ जनालाई आन्दोलनको क्रममा भएको अङ्गभङ्ग तथा अशक्तताको आधारमा २५ हजारदेखि तीन लाख रुपैयाँसम्मको दरले राहत सवरूप चेक प्रदान गरिएको छ।


मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रका अनुसार आन्दोलनमा अङ्गभङ्ग भएका, हात खुट्टा काटिएर अपाङ्गता भएका, घाउ चोट लागेकाहरुलाई मुख्यमन्त्री कार्यालयबाट खटिएको समूहले गरेको वर्गीकरणको आधारमा २५ हजारदेखि तीन लाख रुपैयाँसम्म आर्थिक सहयोग गरिएको छ। प्रदेशभित्र ५८ जना शहीद परिवारको तथ्यांक संकलन गरिएको छ । जसमध्ये ३ जनाको घरमा रोजगारी लिन चाहने कोहि छैनन्।
सप्तरीको राजविराज ७ का शहीद दिलिप कुमार साहको परिवारमा, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका ३ पोर्ताहाका शहीद रामकृष्ण राउतको परिवारमा र महोत्तरीको बर्दिवास नपा ८ का शहीद रामशिला मण्डलको परिवारमा जागिर गर्ने कोहि नभएको प्रदेश सरकारले जनाएको छ। जागिर पाउने शहीद परिवारमा सप्तरीका ९ जना, सर्लाहीका ७ जना, रौतहट, धनुषाका ६/६ जना, पर्साका ५ जना, महोत्तरीका ३ जना र वाराका ४ जना छन् । भने बाकि अन्य शहिदका परिवारले रोजगारी पाइसकेका छन।

त्यस्तै प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकार आन्दोलनमा शहीद तथा घाइते,अपाङ्ग भएकाहरुलाई प्रदेश सरकारले कहिले नभुल्ने दावी गरे । प्रदेश सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाको उद्घोषण रहेको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका मुख्य सचिव हरिप्रसाद फुँयालले स्वागत मन्तव्य राखेका थिए । बलिदानी दिवसको आयोजना प्रदेश सरकारले गरेको भएपनि संघीय समावादी फोरम नेपाल र राजपा नेपालका नेताहरु एउटै मञ्जमा सहभागी भएका थिए । सो आवसरमा मधेशवादी दलका नेता कार्यकर्ता र सहिद परिवारले पूर्वपश्चिम राजमार्गमा रहेको लहानको सहिदपार्क स्थित मधेश आन्दोनका सहिदहरुको सालिकमा फूल,अविर, पुष्प माला अर्पण गरेका थिए ।

मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी नेता रमेश महतो सहादत भएको स्मरणमा प्रत्येक वर्ष मधेसवादी दलले बलिदानी दिवस मनाउदै आइरहेका छन् ।विद्यार्थी नेता महतोको सिरहाको लहानमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

यसै बीच सप्तरीबाट सिके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ परेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१ भारदहबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राजनारायण यादव, जीवन लौगी, विशेश्वर माझी र चन्दन ईसर रहेका छन् । मधेस आन्दोलनका सहिद रमेश महतोको सम्झनामा गठबन्धनले शनिबार बलिदानी दिवसको आयोजना गरेको थियो । सोही क्रममा गठबन्धनका चार जना कार्यकर्तालाई पक्राउ गरेको गठबन्धनले जनाएको छ । त्यस्तै सिके राउत समर्थक सिरहाका हजारौ कार्यकर्ताहरुले फ्री मधेशको झण्डा सहित बिभिन्न नारा लगाउदै बलिदानी दिवसको अवसरमा शहिदहरुको सम्मानमा मोटरसाइकल र्यालीको आयोजना गरि लहान नगरपरिक्रमा गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.