शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा दोस्रो वडा अध्यक्ष कप २०७५ शुरु
माघ ८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ ८ - 
सिरहाको लहानमा वडा नम्बर ८ द्वारा संचालित टि–२० क्रिकेट प्रतियोगिता अनतर्गत दोस्रो वडा अध्यक्ष कप २०७५ सोमबार देखि सञ्चालन भएको छ ।वडा अध्यक्ष विजय कुमार महतोको अध्यक्षतामा आयोजित एक विशेष कार्यक्रमका बीच इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापाले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ। लहान नगरपालिका वडा नं। ८ वडा कार्यालयको आयोजनामा भइरहेको प्रतियोगितामा १,३,४,५,७,८,९,१३,१७,१९,१८ र २१  गरि १२ वडा सहभागी भएका छन्। प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा आयोजक वडा नम्वर ८ विजय भएको छ। वडा नम्बर ७ लाई ७६ रनले पराजित गर्दै आयोजकले विजय शुरुवात गरेका छन्।

टस जितेर पहिला ब्याटिङ गरेको वडा नम्बर ८ ले २० ओभरमा ५ विकेट गुमाई १८१ रन बनाएको थियो। विजय टिमका लागि म्यान अफ द म्याचभएका राकेश कामैतले बिष्फोटक ब्याटिंग गर्दै नट आउट रही ५० बलमा १५ चौका २ छक्का प्रहरा गर्दै ९२ रनको विशाल पारि खेलेका थिए। त्यस्तै राजन रोनियार ३५ बलमा ५ चौकाको मद्दतले ३० रन, सुमित चन्द्रदेव १४ बलमा १ छक्का २ चौकाको मद्दतले १८ रनको योगदान दिएका थिए। बलिङ्ग तर लहान ७ का खिलाडी राजु ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए भने अजय सदाय ४ ओभरमा २२ रन खर्चेर १ विकेट, रोहित सोनी २ ओभरमा ३२ रन खर्चेर १ विकेट र दुर्गा ४ ओभरमा ३८ रन खर्चेर १ विकेट प्राप्त गरेका छन।

 जवाफी ब्याटिङ गर्न आएका वडा नम्बर ७ ले ८ विकेटको क्षतिमा २० ओभर खेल्दै १०५ रन मै सिमित हुँदा आयोजक वडा नम्बर ८ ले पहिलो जित निकाल्न सफल भएका छन। वडा ७ को तर्फ बाट राजु ६६ बलमा ३६ रन, अजय १४ बलमा १३ रन,करण १४ बलमा १६ रनको योगदान दिएका थिए। लहान ८ बाट बलिङ्ग तर्फ निरज ४ ओभर २१ रन ३ विकेट, सोनु २ ओभर १२ रन १ विकेट, घुरन ४ ओभर १६ रन १ विकेट, सुमित चन्द्रदेव २ ओभरमा ८ रन खर्चेर १ विकेट प्राप्त गरेको थियो। 

यसै बीच मंगलबार प्रतियोगिता अन्तर्गत २ खेल हुदैछ। पहिलो खेल विहान ८ बजे वडा नम्बर ९ र १९ बीच त्यस्तै दिनको १२ बजे देखि वडा नम्बर ३  र ४ बीच खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा अन्तर्गत विजेता हुने वडा लाई २५ हजार नगद , शिल्ड ,मेडल संगै प्रमाण पत्र प्रदान गरिने छ भने उप-विजेता हुने वडा लाई नगद १५ हजार सहित शिल्ड मेडल , प्रमाण -पत्र प्रदान गरिने छ । दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि लहान ८ र रेडियो सरगम ९३ मेगाहर्ज रहेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.