शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डा.राउत पक्राउको विरोधमा सखडामा प्रद्धर्शन
माघ २६, २०७३ | फिरोज शेख

सप्तरी, २६ माघ । स्वतन्त्र मधेस गठबन्धन सप्तरीद्वारा डा. सि. के .राउतको पक्राउको बिरोधमा बुधबार सप्तरीको छिन्नमस्ता गाबिसस्थित सखडामा बिरोध प्रदर्शन गरेको छ ।गठबन्धनका दर्जनौ नेता तथा कार्यकर्ताहरुद्धारा नेपाली उपनिवेश अन्त हो,मधेश देश स्वतन्त्र हो,डा.सि.के.राउत जिन्दावाद जिन्दावाद ,मच अप चबगत को निशर्त रिहा करो ,रिहा करो,मधेसी एकता जिन्दावाद जिन्दावाद भन्ने मुल नाराका साथ निकालिएको बिरोध याली सखडा बजारको परिक्रमा पश्चात बिरोध सभामा परिणत भएको थियो । सो बिरोध सभालाई सम्बोधन गर्दै डा.राउतका समर्थकहरुले राज्यले बिना कराण पक्राउ गरेका गठबन्धनका संयोजक डा.सिके राउतलाई बिना शर्त अविलम्व रिहा गर्नुपर्ने माँग गरिएको छ ।
    

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.