शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आत्मनिर्भर बनाउन झण्डा महोत्सव
माघ १८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ १८ - 
‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनको लागि सखुानन्कारकटी गाँउपालिकाले पहिलो पटक ग्रामीण भेगमा महोत्सवको आयोजना गर्न लागेको आयोजकले विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।  पत्रकार सम्मेलनमा जनाए अनुसार परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र आन्तरिक तथा वाहय पर्यटन प्रवद्र्धनको लागि महोत्सवको आयोजना गर्न लागेको झण्डा महोत्सव मूल समितिले जनाएको छ।

पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष तथा मूल समितिका संयोजक केदारनाथ यादवले पत्रकारहरु जानकारी गराउदै भन्नुभयो, विगतका वर्षहरुमा हनुमानको पूजा अर्चना गरि मानाईदै आइरहेको झण्डा मेलालाई महोत्सवमा परिणत गरिएको हो।माघ २० गतेदेखि २९ गतेसम्म दस दिनसम्म लाग्ने महोत्सवमा गाँउपालिकाले सात लाख बजेट छुट्टयाएको छ ,यसले नपूग्ने भएकोले अन्य क्षेत्रहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छौ, तर हाल सम्म कहि कतै बाट सहयोग नपाएको उनले गुनासो गरेका छन्। व्यापारीहरुका लागि १० हजारका दरले स्टलको व्यवस्था गरिएपनि लहान उधोग वाणिज्य संघ लाई पत्रचार गर्दा कुनै चासो नदिएको सम्मेलनमा उपस्थित वडा अध्यक्षहरु बताएका छन्।

महेश्वारी थानाचौकमा आयोजना हुन् लागेको महोत्सवमा राष्ट्रियता झल्किने आकर्षण राष्ट्रिय झण्डा, व्यपार तथा व्यवसाय,परम्परागत भेषभूषा झल्किने संस्कृति कार्यक्रम,विधार्थीहरुद्वारा विज्ञान प्रदर्शनी,कृषि उपजहरुको प्रदर्शनी,स्वास्थ्य शिविर तथा चेतनामूलक कार्यक्रमहरु हुने जनाएको छ । २० गते विशाल कलश यात्राको आयोजना हुने तय भएको छ। भने महोत्सवको उद्घाटन नेकपाका केन्द्रिीय सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा हुने मूल समितिले जनाएका छन्। उद्घाटन समारोहमा ड्रोंन बाट पुष्प वर्षा संगै सुरक्षा निगरानीको व्यवस्था गरिएको छ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.