शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दोस्रो वडा अध्यक्ष कप २०७५ माथि आयोजकको कब्जा
माघ १८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ १८ - 
सिरहाको लहानमा संचालित टि–२० क्रिकेट प्रतियोगिता अनतर्गत दोस्रो वडा अध्यक्ष कप २०७५ बिहिबार सम्पन्न भएको छ। बिहिबार भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेका आयोजक वडा नम्बर ८ ले वडा नम्बर ४ लाई २९ रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएका छन्। पहिला ब्याटिंग गरेका वडा नम्बर ८ ले १९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाई १४२ रनको सम्मान जनक योगफल तयार गर्न सफल भएको थियो। १४३ रनको लक्ष्य लिई जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका वडा नम्बर ४ का खिलाडीहरुले १८ ओभर खेल्दै १० विकेट गुमाई  ११३ रन बनाउदै उपविजेता भएका छन्।

विहिबार भएको फाइनल खेलमा वडा नम्बर ८ का लागि म्यान अफ द म्याच भएका राजन रोनियारको धारिलो बलिङ्ग सामु वडा नम्बर ४ का मुख्य ४ ब्याट्सम्यानहरु निरिह हुदै सस्तैमा विकेट गुमाएका थिए। भने वडा ८ का लागि सुमित चन्द्र देवले ५० बलमा ७ वटा चौका प्रहार गर्दै ४५ रनको अविस्मरणीय पारि खेल्दै उत्कृष्ट प्रदर्शन गरे भने राम आशिष मण्डल १९ रन,राजन रोनियारले ११ रन बनाउदै आफ्नो टिमलाई १४२ रनको सम्मान जनक योगफल तर्फ पुर्याएका थिए। प्रतियोगिता अन्तर्गत ६८ रन र ७  विकेट लिएका लहान ४ का उदित बिक म्यान अफ द सिरिज भएका छन्। प्रतियोगिता अन्तर्गत ९ विकेट लिएका लहान ८ का निरज मण्डल बेस्ट वलर भएका छन्। भने बेस्ट ब्याटसम्यान प्रतियोगिता अन्तर्गत १३५ रन बनाएका लहान ८ का राकेश कामैत भएका छन्।

लहान नम्बर ८ का वडा अध्यक्ष विजय महतोको अध्यक्षता तथा वारियारपट्टी गाउपालिका अध्यक्ष सन्तोष कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रमका विशिष्ट अतिथिहरुमा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापा,शेख मिडिया हाउस प्रालिका अध्यक्ष फिरोज शेख,संघीय समाजवादी फोरमका नगर इन्चार्ज राम चलितर महतो,वडा नम्बर ४ का अध्यक्ष रामनाथ पण्डित,एभरेष्ट कलेजका प्रिन्सिपल चक्रपानि दाहाल लगायत अतिथिहरुमा धनेश्वर यादव, सप्तऋषि फिजियोथेरापी सेन्टरका डाक्टर अरुण साह,एम्पायर संजय चौधरी, रविन गुप्ता,गौरव ट्याक्स कन्टलटेंसीका गौरव साह,धुम 4 डिका राकेश साह,इन्टरनेशनल स्कोरर नारायण खड्का,सगरमाथा लाइफ इन्सुरेन्सका नरेश जंग साह लगायत विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो।  

प्रतियोगिता अन्तर्गत विजेता हुने आयोजक वडा नम्बर ८ लाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरुको हातबाट २५ हजार नगद , शिल्ड,मेडल संगै प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेता हुने वडा ४ लाई नगद १५ हजार सहित शिल्ड , मेडल र प्रमाण -पत्र प्रदान गरिएको छ।

२०७५ माघ ७ गते देखि शुरु भएको दोस्रो वडा अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगितामा  १,३,४,५,७,८,९,१३,१७,१९,१८ र २१ गरि १२ वडा सहभागी भएका थिए। वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि लहान ८ र रेडियो सरगम ९३ मेगाहर्ज रहेको थियो। प्रतियोगिता अन्तर्गत स्कोरको रुपमा रमित ठाकुर र पंकज गोस्वामीले स्कोरिंग गरेका थिए भने कमेनट्री राधे मण्डलले गरेका थिए। प्रतियोगिता अन्तर्गत जम्मा १५ वटा खेल भएको थियो। खेलका सम्पूर्ण म्यानअफ द म्याच भएका खिलाडीहरु लाई अतिथिको हात बाट शिल्ड र मेडल समेत प्रदान गरिएको थियो।   

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.