शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा अन्तराष्ट्रिय स्तरको फिटनेस कल्व संचालन
माघ २०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ २० - 
सिरहाको लहानमा अवस्थित ओर्किड क्याफे परिसर भित्र सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको "ओर्किड फिटनेस क्लव " संचालनमा आएको छ। ग्राहकवर्गको चाहना तथा यस क्षेत्रका जनसमुदायको शारीरिक अवस्था र लागु औषधको कुलतमा फसेका युवाहरुलाई लागु औषध बाट टाढा राख्ने उदेश्यले लहानमै पहिलो पटक अन्तराष्टिय स्तरको फिटनेस कल्व संचालनमा आएको हो। फिटनेस कल्वमा बेञ्च प्रेस,इन्क्लाइन प्रेस , डिक्लाइन प्रेस, प्रेसर कर्ल, लेग प्रेस,लेग इन्टेकशन , लेग कर्ल अब्डोमिनल क्रंच बेञ्च,डम्बल चेयर, फ्ल्याट बेञ्च,मल्टि बेञ्च,बार्बेल स्टानड , बर्बेल राक, स्मिथ मेसिन,स्कोट राक, फंक्स्नल ट्रेनर, सोल्डेर प्रेस ,चेस्ट प्रेस, असिस्टेड चिन अप विथ डिप्स , ट्रेडमिल, क्रस ट्रेनर, डम्बेल ,वेट प्लाट ,बर्बेल, मेडिसिन  बेल, योगा म्याट, जिम बल,अब रोलेर , जिम बेल्ट , स्किपिंग लगायत थुप्रै उपकरणका साथ ओकिड फिटनेस क्लव संचालनमा आएको संचालकले  जानकारी दिएका छन्।
त्यस्तै ओर्किड क्याफेमा विश्वस्तरीय रेड चेरी कफी बेन्स मेसिन द्वारा रेगुलर ब्लाक कफी,एक्स्क्लुसिव फेलेव्रेड कफी संगै रेगुलर मिल्क कफी अन्तर्गत विभिन्न कफीका परिकारहरु समेत शुरु गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.