शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त समिति गठन
माघ २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ २२ - 
लहान प्राविधिक शिक्षालय लहान सिरहाको अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा पहिलो सम्मेलन तथा इकाई समिति गठन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमो अध्यक्षता गोरखा जिल्ला अखिल क्रान्तिकारीको सह सचिव सुलभ आमागाईले गरेका थिए। भने सम्म्मेलंका प्रमुख अतिथि लहान नगरपालिकाका नगर प्रमुख मुनी साह संगै विशिष्ठ अतिथि अनेरास्ववीयुको राष्ट्रीय कमिटिअध्यक्ष उमेश थापा रहनु भएको थियो। अतिथिमा क्रान्तिकारीका सिरहा जिल्ला इन्चार्ज पुजन सिंह, अनेरास्ववीयुका जिल्ला कमिटी सदस्य महेश यादव र अखिल क्रान्तिकारीका जिल्ला सदस्य शिवराम यादवको उपस्थितमा नवनिर्वाचित अध्यक्ष लक्ष्मी नारायण यादवको अध्यक्षतामा १३ सदस्य इकाई समिति गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा पारस कुमार यादव, सचिव रोशन सिंह,सह -सचिव आसमा चौधरी,अनुपराज खत्री,स्विचार्मान गोले,कोषाध्यक्ष शिव शंकर भगत सदस्यहरुमा आरती साह,प्रेम कुसवाहा,तिलकराज मगर,सरोज नेपाली ,राजकुमार गुभाजु र मनोज यादव निर्विरोध चयन भएका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.