शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
“प्रथम मिर्चैया महोत्सव–२०७५” को तयारी अन्तिम चरणमा
माघ २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ २२ - 
"समृद्ध मिर्चैयाको आधार ,कृषि उधोग ,पर्यटन र व्यापार " भन्ने मूल नारा सहित "कृषि उधोग,पर्यटन,शैशिक लघुउद्यम,सुचना तथा प्रविधिको प्रदर्शनी गर्ने उदेश्यले सिरहा जिल्लाको व्यापारीक नगरीको रुपमा स्थापित हुदै गईरहेको मिर्चैया नगरपालिकामा आयोजना हुन् गईरहेको “प्रथम मिर्चैया महोत्सव–२०७५” को तयारी अन्तिम चरणमा पुगेको छ।मिर्चैया वडा नम्बर ६ मा आयोजना हुने महोत्सव स्थलमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साहले मिर्चैया नगरपालिकाको धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने उद्देश्यले महोत्सवको आयोजना गरीएको जानकारी दिएका छन् । मिर्चैया नगरपालिका वडा ६ स्थित यहि माघ २८ गतेदेखि फागुन ७ गतेसम्म संचालन हुने महोत्सवको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड द्वारा हुने आयोजकले जानकारी दिएका छन। 

महोत्सवले मिर्चैया सहित जिल्ला भरीका धार्मिक पर्यटकीय तथा सांस्कृतिक स्थलहरुको पहिचान, प्रचार प्रसार, संरक्षण र विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष साहले जानकारी दिए । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आयआर्जनका लागि स्थानीय कृषि तथा वस्तुहरुको पहिचान सहित बजार प्रबर्धन गर्न सघाउने,स्थानीय घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरुको बिस्तार गर्ने, मिर्चैया क्षेत्र सहित जिल्लाको विकास तथा व्यापार सम्भावनाको प्रचार प्रसार गर्ने,स्थानीय उत्पादन,उद्योग,कृषि,पशुसेवा,विभिन्न बहुमुल्य जडिबुटी,घरेलु उद्योग , कृषिजन्य वस्तुको प्रचार-प्रसार र बजारीकरणको प्रवर्धन गर्ने, स्थानीय उद्यमी, व्यवसायी तथा उपभोक्तालाई एक ठाउँमा ल्याएर व्यवसाय प्रवर्धनमा योगदान पुर्याउने लक्ष्य लिएको प्रेस विज्ञप्ति मार्फत मूल आयोजक समितिका अध्यक्ष साहले जानकारी दिए।

महोत्सवमा मिर्चैयाको साथै प्रदेश र देशभरीमा उत्पादित तथा निर्मित वस्तुहरुको प्रदर्शनी, विभिन्न जातजातिको भेष भुषा झल्किने पहिरन  सहितको मौलिक खानाका परिकारहरुको बिक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क स्वास्थ्य उपचार,  राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्कम कार्यक्रम, स्थानीय कला संस्कृति झल्काउने झाँकी प्रदर्शनी संगै विभिन्न कलात्मक नृत्य प्रर्दशनका साथै २०७५ साल माघ २८ गते देखि ७ गते सम्म महोत्सव अवधि भर गुरुदेव कामत,राजेश पायल राई ,साहिमा श्रेष्ठ,रामा मण्डल,आस्था राउत,मिना निरौला,सन्नु कुमार,सरोज सन्त,भागवत मण्डल,सुनिल पण्डित,नितिन गजुरेल लगायत रोचक घोचकका हास्य कलाकारहरुद्वारा गीत नृत्य र हास्यव्यङ्ग्य सहितको विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।

यसै बीच पत्रकार सम्मेलनमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले महोत्सवलाई सफल बनाउन नगरपालिकाले ७ लाख रुपैया सहयोग गरेको जानकारी दिए। रामनगर मिर्चैया उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भईरहेको महोत्सवमा मुख्य स्पोन्सरका रुपमा मारुती सिमेन्ट प्रा. लि.,सहयोगीको रुपमा मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिका रहेका छन् । त्यसैगरी, पावर्ड बाइ रमपम चाउचाउ, अफिसियल बैंक सिद्धार्थ बैंक लि., ईन्स्योरेन्स पार्टनर नेको ईन्स्योरेन्स संगै स्थानिय तथा राष्ट्रिय स्तरका करिब आधा दर्जन भन्दा बढी  मिडिया पार्टनरहरु रहेका छन् । करीब ५० लाखको लागतमा आयोजना भइरहेको महोत्सवमा लगभग ४ लाखको हाराहारीमा दर्शक सहभागी गराई ६० लाखको कारोबार गर्ने आयोजकले लक्ष्य लिएका छन। महोत्सवमा 10x10 को १३१ वटा स्टलहरु निर्माण भइरहेका छन । जसमा प्रति स्टलको मुल्य १० हजारका दरले निर्धारण गरिएको छ। महोत्सवमा प्रवाशका लागि प्रवेश शुल्क रु.५०, विद्यार्थीका लागि रु. ३० र अपाङ्ग तथा अशक्तका लागि शुल्क निःशुल्क गरिएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.