शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शारदा गहना गृहको समुद्घाटन कार्यक्रम सम्पन्न
माघ २३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ २२ - 
सिरहाको लहानमा मंगलबार देखि शारदा गहना गृह "सुनचाँदी" संचालनमा आएको छ। विकाश ट्रेडर्सको प्रस्तुति रहेको शारदा गहना गृहको समुद्घाटन प्रदेश सभा सदस्य लगन लाल चौधरी र सिरहा जिल्ला उधोग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यको हात बाट रिवन काटेर गरिएको छ। गहना गृहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न डिजाइनका आकर्षक तयारी "सुनचाँदी"का गरगहना उपलब्ध रहेको शारदा गहना गृहका संचालक विकाश सारडाले जानकारी गराएका छन। लहान ७ मा अवस्थित दुर्गा मन्दिर देखि १ सय मिटर उतर पुरानो बजारमा मंगलबार सम्पन्न समुद्घाटन कार्यक्रममा लहान सुनचाँदी व्यवसाई संघका संस्थापक अध्यक्ष मानिस सारडा, निवर्तमान अध्यक्ष श्याम साह भोरे भोर ,उधोग वाणिज्य संघका पुर्व अध्यक्ष,निवर्तमान कार्यसमिति सदस्यहरु लगायत विभिन्न संघ - संस्थान बाट पाल्नु भएका प्रमुख तथा प्रतिनिधि संगै संचारकर्मी , वुद्धिजीवि,  समाजसेवी , नागरिक समाज ,मारवाडी सेवा समाज र स्थानीयहरुको उपस्थिति रहेको थियो। 
शारदा गहना गृहमा नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी समिश्रण भएका फ्यूजन डिजाइनका गहनाहरु निर्माण तथा बिक्री हुने संचालक विकाश सारडाले बताएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.