शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उदयपुर गोल्डकपको उद्घाटन खेलमा संकटाको विजयी सुरुवात
माघ २७, २०७३ | सरगम खबर समाचारदाता

माघ , २७ , बिहिबार 
गाईघाट / थरुहट रंगशाला गाईघाटमा सुरु चौथो रमपम उदयपुर गोल्डकपको उद्घाटन खेलमा संकटा काठमाडौंले विजयी सुरुवात गरेको छ । विहिबार उदघाटन पछी भएको खेलमा संकटाले धरान फुटबल क्लवलाई १ का विरुद्ध ३ गोल गर्दै विजयी सुरुवात गरेको हो । खेलकुद विकास परिषदका सदस्य सचिव केशब विष्टद्वारा गोल्डकपको उदघाटन गरिएको थियो । पहिलो दिनको खेलमा संकटाका सौजन राई , लावन ओलाकेन , र राज पौडेलले १–१ गोल गरेका थिए ।  धरानका प्रकाश बुढाथोकीले धरानका लागी सान्त्वना गोल फर्काए । अन्तत संकटाले धरानलाई ३–१ गोल अन्तरले जित हासिल गर्दै विजयी सुरुवात गरेको हो । 


प्रतियोगितामा शुक्रबार हिमालय शेर्पा क्लव काठमाडौं र घरेलु टिम उदयपुर ११ बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामी फागुन ५ मा सकिने प्रतियोगितामा ए डिभिजनका ४ र अन्य ४ गरी ८ टिमले प्रतिष्पर्धा गर्दैछन् । गोल्डकप विजेताले नगद २ लाखका साथमा लोकबहादुर स्मृति गोल्डकप र उपविजेताले नगद १ लाख सहित हंसराज दाहाल(खत्री) सिल्भर कप प्राप्त गर्ने आयोजकले जनाएको छ । गोल्डकपको संयोजन त्रियुगा नगरपालिका र जिल्ला विकास समिति उदयपुरले गरेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.