शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा फाल्गुन २ बाट घर–घरमा नयाँ शक्ति अभियान
माघ २७, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, २७ माघ । नयाँ शक्ति पार्टी नेपाल सिरहाले जिल्लामा फाल्गुन २ गतेबाट घर–घरमा नयाँ शक्ति अभियान चलाउने भएको छ । सिरहाको गोलबजारमा विहिवार बसेको जिल्ला कमिटीको बैठकबाट उक्त अभियान चलाउने निर्णय गरेको हो ।अभियानको उद्घाटन सिरहा सदरमुकाममा फाल्गुन २ गते हुने नयाँ शक्ति सिरहाका संयोजक जिवछ यादबले जानकारी दिए । सिरहाका ६ वटै क्षेत्रका करिब हजारौं कार्यकर्ताको उपस्थितिमा घर–घरमा नयाँ शक्ति अभियानको उद्घाटन हुने उनले भने । उनले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका लागि हस्ताक्षर अभियान पनि चलाउने जानकारी दिए ।बैठक नयाँ शक्ति पार्टी प्रदेश नम्बर २ का संयोजक तथा पूर्वमन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्यमा बसेको थियो । प्रमुख अतिथि रहेका नेता पासवानले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि सुरु गरिने हस्ताक्षर अभियानमा सिरहाबाट कम्तिमा २५ हजार हस्ताक्षर संकलन गर्न जिल्ला कमिटीलाई निर्देशन समेत दिए ।

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.