शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
'रईस' भन्दा 'काबिल' अगाडि
माघ २८, २०७३ | सरगम खबर समाचारदाता

एजेन्सी । शाहरुख खानको चलचित्र 'रईस' र ऋतिक रोशनको 'काबिल' एकै दिन रिलिज भएर पनि १०० करोडको क्लबमा सामेल भएका छन् । अहिले सम्ममा 'रईस' को कमाईले १५० करोड पार गरेको छ भने ऋतिकको  'काबिल' यसको नजिक पुगेको छ ।चलचित्र रिलिजको सुरुवातमा शाहरुख खानको 'रईस' ले  कमाईमा राम्रो रफ्तार लिएको थियो । तर  लामो समय चलचित्र चलिरहदा ऋतिक रोशन ज्यादा काबिल साबित भएका छन्  ।  अब उनको चलचित्रको कलेक्शन ज्यादा हुन थालेको छ । 'रईस' ले १५ दिनको कलेक्शनमा १६० करोड कमाएको छ । चलचित्रले रिलिजको दिन २०.४२ करोड कमाएको थियो भने १५ ‌औ दिनमा १.५० करोड कमाएको छ । 'काबिल' ले १५ दिनको कलेक्शनमा १३०.७९ करोड कमाएको छ । चलचित्रले रिलिजको दिन १०.४३ करोड कमाएको थियो भने १५ ‌औ दिनमा २.७० करोड कमाएको छ । रिलिजको १० दिन पछि ऋतिक रोशनको चलचित्र 'काबिल' को कमाई बढि रहेको छ भने 'रईस' को  कमाई  घटेको छ । दुई चलचित्र बीच अहिले पनि २० करोडको अन्तर रहेको छ । अब हेर्न बाकि यो छ कि अक्षयको 'जोली एलएलबी २' को रिलिज पछि पनि 'रईस' र 'काबिल' ले कति कमाइ गर्न सक्छ ? 
 
ऋतिक रोशनको चलचित्र नाफामा रहेको बताइएको छ । यसको नाफा १४८ प्रतिशत बताइएको छ  । चलचित्रले   'रईस' को तुलनामा कम स्क्रीन पाएको थियो । चलचित्रले २२०० स्क्रीन पाएको थियो भने राईसले ३००० स्क्रीन पाएको थियो । 

 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.