शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेशनल लाइफ द्वारा ८ वटा मृत्युदावी भुक्तानी
फाल्गुन ५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फागुन ५ -
नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनि लिमिटेड लहान शाखाले आर्थिक वर्ष २०७५/ ०७६ को श्रावन देखि माघ मसान्त सम्म यस कम्पनिमा बिमा गराएका सिरहा र सप्तरीका ८ जनाका परिवारलाई ५७ लाख २० हजार मृत्युदावी वापतको रकम भुक्तानी गरेको छ। विगत ३२ वर्ष देखि सेवारत राष्ट्रिय वाणिज्य बैँक समेतकाे लगानि रहेकाे देशकाे पहिलाे जीवन बीमा कम्पनिमा पर्न अाएकाे मृत्यु दावि तथा अन्य दाविहरू अति छिटाे र छरिताे तरिकाले भुक्तानि गर्दै अाएकाे छ । अाय अार्जन गरि घर चलाउने गार्जियन नरहे पछि परिवारमा परेकाे अार्थिक भार न्युनिकरण गर्न नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनिले कम्पनिमा जारि भएकाे बिमालेखकाे सर्त र सुविधा अनुसार पटक पटक मृत्यु दावि भुक्तानि गर्दै अाएकाे छ। नेशनल लाईफले आर्थिक वर्ष २०७५/ ०७६ को श्रावन देखि माघ मसान्त सम्म साउदीका लागि बैदेशिक रोजगार बिमा योजना गराएरका सिरहा मिर्चैया नगरपालिका ४ बस्ने स्व.सुदिप महासेठको श्रीमती आशा कुमारी साह लाई १४ लाख, कतारका लागि बिमा गराएका सिरहा धनगडीमाई नगरपालिका २ बस्ने स्व.मखबुल मियाको श्रीमती सहाबुन खातुन लाई १३ लाख,कतारका लागि बिमा गराएका सिरहा नगरपालिका १९ का स्व.महेश कुमार यादवको श्रीमती अहुलिया देवी यादव लाई १४ लाख, कतारका लागि बिमा गराएका सिरहा कल्याणपुर नगरपालिका १२ का स्व.मोहम्मद कलाम राईनको श्रीमती रोसन खातुन लाई १३ लाख मृत्युदावी भुक्तानी गरेका छन। बैदेशिक रोजगार बिमा योजना गरएकाहरु मध्ये केहीको बैदेशिक रोजगारकै क्रममा मृत्यु भएको थियो। भने केहीको बैदेशिक रोजगारमा गएपनि समय अवधि नपुग्दै विरामी परेर फर्केको र उपचारको क्रममा मृत्यु भएको थियो।

त्यस्तै बाल अमृत बिमा योजना अन्तर्गत आफ्नो २ सन्तानको लागि बिमा गर्नु भएका धनगडी गाउपालिका ९ सप्तरीका स्व.श्रवन कुमार चौधरीको छोरा सुरेश कुमार चौधरी र सुरज कुमार चौधरीका संरक्षक स्व.श्रवन कुमारको श्रीमती राधा कुमारी चाैधरीलाई अभिभावकको जोखिम बापत रुपैया एक एक लाखको २ वटा चेक हस्तान्तरण गरिएको छ। भने समय समाप्त भएपछी बोनस सहित राधा कुमारी चौधरीलाई रु.४ लाख उपलब्ध गराइने छ। श्रवनको बैदेशिक रोजगारको क्रममा मलेसियामा मृत्यु भएको थियो।

यता बाल अमृत बिमा गरेका सिरहा कल्याणपुर ९ जब्दी निवासी काजल कुमारी साहलाई स्व.आमा सरस्वती साहको काम काजमा खर्च गर्न २० हजार रुपैया उपलब्ध गराउदै काजल कुमारी साहको बाँकी समय पुरा नहुन्जेल मासिक रु १ हजार शैक्षिक खर्च उपलब्ध गराइने र समय समाप्त भैसकेपछि बोनस सहित रु. २ लाख उपलब्ध गराइने नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनि लिमिटेड लहान शाखाका प्रमुख डम्बर बहादुर बादीले जानकारी दिएका छन। यसै बीच सरल अमृत बिमा योजना अन्तर्गत लहान नगरपालिका १ बस्ने स्व.आशा कुमारी चौधरीकी श्रीमान मसि लाल चौधरीलाई रु. १ लाख हस्तान्तरण गरिएको छ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाका प्रमुख डम्बर बहादुर बादीले बीमा गर्दा बाँचुन्जेल आफूलाई फाइदा र मरेर जाँदा परिवारलाई फाइदा हुने बताए। मृत्यु वा शोकलाई पैसामा तुलना गर्न नसकिने भएतापनि परिवारको जीविकोपार्जनलाई वीमाङ्क वापतको रकमले सहज बनाउने उनको भनाई छ। आफूहरुको मूख्य ध्यान नैे कसरी छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रदान गर्न सकिन्छ, भन्नेमा रहेको बताउँदै उनले यो रकम पनि परिवारले कागजपत्र पेश गरे लगतै केहि दिनमै भुक्तानि गरिएको बताए । वीमाको महत्वलाई अझै पनि सबै जनतालाई बुझाउन नसकिएको र वीमा कम्पनीहरुलाई कतिपय स्थानहरुमा अझै पनि नकारात्मक रुपले हेर्ने अवस्था विद्यमान रहेको नेपालको अवस्थामा नेशनल लाइफ त्यो जग भत्काउन एउटा गतिलो उदाहरण सावित भएको उनको भनाइ छ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको देशै भर ९९ वटा शाखा रहेको छ। जसमा बैदेशिक रोजगार बिमा योजना, बाल अमृत बिमा योजना ( बच्चाहरुको लागि ) , जीवन अमृत बिमा योजना ,अमृत वर्षा बिमा योजना, बचत अमृत बिमा योजना लगायत १९ वटा बिमा योजनाहरु संचालनमा रहेको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.