शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दाईजोप्रथा र वालविवाह हटाउन माईन्जनहरु द्वारा ७ बुंदे लहान घोषणापत्र
फाल्गुन १३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फागुन १३ -
तराई मधेका जिल्लाहरुमा दाईजोप्रथा र वालविवाहले विकराल रुप लिईरहेको अवस्थामा लहानका जातीय माईन्जनहरुले हानिकारक परम्परागत मूल्यमान्यता तथा प्रचलनहरु लाई हटाउन एकजुट भएका छन् । विवाह र विभिन्न भोजको जातीय अगुवाको रुपमा भूमिका खेल्दै आइरहेका माईन्जनहरु पहिलोपटक एकै थलोमा भेला भएर एक कार्यक्रम का बीच साझा धारणा बनाई लहान घोषणापत्र २०७५ जारी गरेका छन् । आइतवार सिरहाको लहानमा समग्र जन उत्थान केन्द्र र महिला पुनस्थापना केन्द्र लहान सिरहाको सहयोग र नागरिक सहकार्य मञ्च लहानको आयोजनामा  लहान नगरपालिकामा बिभिन्न जातजातिका जातिय माईन्जनहरुको प्रथम भेलाबाट गठित जातिय माईनजन समन्वय समितिद्वारा ‘समुदायमा व्याप्त कुरीति तथा हानीकारक परम्परागत अभ्यास’ अन्त्यका लागि ७ बुँदे लहान घोषणापत्र २०७५ जारी गरेको हो ।

घोषाणपत्रमा देशको संघीय संरचना अनुसार बनेका ऐन, नियम, कानुन र नीतिहरुलाई अवलम्बर गर्दै सामाजिक कार्यहरुमा विवादरहित रुपमा भूमिका निर्वाह गर्ने, भोजभतेरका कार्यहरुलाई स्वेच्छिक निर्णय अनुसार गराउन र आर्थिक भारमुक्त गराउनेतर्फ विशेष ध्यान दिइने, नयाँ मुलुकी अपराध संहिता २०७४ अनुसार २० वर्ष उमेर नपुगी गरिएका विवाहलाई वालविवाहको रुपमा लिई स्वतः बदर गर्नुपर्ने र सामाजिक कुरीति कुप्रथा हानिकारक परम्परा आधारित लैंगिक हिंसा हुन नदिन र सामाजिक भाईचरालाई मजबुत बनाउन एकजुट भएर लाग्ने ,दाईजो लिने दिने कार्य कानून बमोजिम दण्डनिय भएकोले यस्ता कार्यमा सरिक नहुने र वैवाहिक कार्यमा दाईजो लेनदेनलाई निरुत्साहित गर्ने, सामाजिक कुरीति, कुप्रथा, हानिकारक परम्परामा आधारित लैगिंक हिंसा हुन नदिन व्यवहारमा परिवर्तन गर्दै सामाजिक रुपमान्तरणका लागि सचेतना जागृत गराउने र सामाजिक भाईचारालाई जोड दिदै विभिन्न जातजातिबीच सहयोग, समन्वय र सहकार्यमा जोडदिई समुदायमा शान्ति र मेलमिलाप कायम राख्न कृयाशील रहने उल्लेख गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिका रुपमा रहेका लहान नगरप्रमुख मुनि साहले जातीय विकृतिहरु अन्तय गर्न मान्यजनहरुले थालेको कार्यको सराहना गर्दैै यो कार्यक्रम लहान नगरपालिकामा  मात्रै सिमित नराखी अन्य जिल्लाहरुमा समेत संचालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले लहान नगरपालिकाले थालेको विकास निर्माणका कामहरु जनप्रतिनिधहरुले सक्रियताको साथ लागेको वेला सामाजिक विकृति हटाउन जातीय मान्यजनहरुको यो कार्यलाई नगरपालिकाले चाहिने सबै सहयोग गर्न तयार रहेको विश्वास दिलाउदै दाईजोप्रथा नहटेसम्म समाजको समृद्धि संभव नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा मान्यजनहरुले जारी गरेको घोषाणापत्रलाई कार्यान्वयको चरणमा भरपुर सहयोग गर्ने  लहान नगरउप्रमुख तथा न्यायिक समिति संयोजक सरियार कुमारी चौधरीले दृढता व्यक्त गर्दै समाजमा जातीय मान्यजन पुरुष मात्रै हुने गरेको परम्परालाई तोडेर महिलाहरुलाई समेत जातीय मान्यजन बनाउनुपर्ने धारणा राख्नुभयो ।

जातीय मान्यजन समन्वय समिति लहानका संयोजक हरि नारायण यादवले भन्नुभयो, ‘परिवर्तन आफ्नै घरबाट सुरु गर्नुपर्ने मान्यतामा विश्वास राखी आफ्नो छोराको विहेमा दाईजो पनि लिन्न र मृत भोज गराउन उत्प्रेरित पनि गर्दिन ।’दाईजो लिने र दिने दुबै पक्षलाई कानुनी दायरामा ल्याई तमाम विकृतिहरुको अन्तय गर्न मान्यजनहरुले सार्वजानिक गरेको घोषणापत्रले समाजमा परिर्वतको ढोका खोलेको नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले व्यक्त गर्नुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापा, समग्र जन उत्थान केन्द्र लहानका अध्यक्ष भैरव गेलाल, नागरिक सहकार्य मञ्च लहानका दुर्गा परियार र महिला अधिकारकर्मी देव कुमारी महराले यस अभियानले सामाजिक विकृति हटाउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमा विभिन्न जातीय समुदायका माईन्जनहरु , संचारकर्मी, वुद्धिजीवी ,नागरिक सामाज, स्थानीय जनप्रतिनिधि , मानवाधिकारकर्मी , महिला अधिकारकर्मी लगायत विभिन्न संघ संस्थान बाट आउनु भएका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। नागरिक सहकार्य मञ्च लहानका संयोजक दुर्गा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रम  लहानमा अवस्थित प्यासेफिक होटलको सभाहलमा आयोजना गरिएको थियो।   

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.