शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
खेलकुदलाई आर्थिक समृद्धीसंग जोड्नु पर्छ: मन्त्रि विश्वकर्मा
फाल्गुन १५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फागुन १५ -
युवा तथा खेलकुद मन्त्रि जगतबहादुर सुनार (विश्वकर्मा)ले  खेलकुदलाई मनोरंजनको साधन मात्र नबनाई आर्थिक समृद्धीसंग जोड्नु पर्ने बताएका छन ।सिरहाको लहानमा मंगलबार आयोजित कवर्ड हल उद्घाटन तथा अन्तराष्ट्रिय खेलाडी सम्मान कार्यक्रममा बोल्दै मन्त्रि विश्वकर्माले बर्तमान समयमा खेलकुदमा धेरै समस्या र चुनौती देखिएपनि खेलकुदको माध्यमबाट पर्यटनलाई जोड्दै आर्थिक समृद्धी तर्फ अगाडी बढाउन सकिने बताए। खेलकुद राष्ट्रिय गौरव बढाउने एक शसक्त माध्यम रहेको बताउँदै मन्त्रि विश्वकर्माले राष्ट्रिय पहिचानका लागि पनि खेलकुद अपरिहार्य रहेको उल्लेख गरे । खेलकुदको क्षेत्रमा सिरहामा अथाह सम्भावना रहेको कुरालाई उल्लेख गर्दै प्रदेश २ मा शाहसिक र हाइ अल्टिच्युड् खेलकुदका माध्यम द्वारा पर्यटन प्रवर्धन गर्दै देशकै आर्थिक समृद्धी संग जोडन सकिने तर्क गर्दै यस कवर्ड हल लाई व्यवस्थित बनाउन र यस क्षेत्रमा स्टेडियम निर्माणमा संघीय सरकार संगै आफु पछि नपर्ने प्रतिवध्ता वयक्त गरेका छन्।

 जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीको अध्यक्षता तथा मन्त्रि विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठ, प्रदेश सभा सदस्य लगन लाल चौधरी , अशोक यादव, लहान नगर प्रमुख मुन्नी साह, उपप्रमुख सरियार चौधरी ,जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य, इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापा लगायत नेकपाका स्थानीय जनप्रतिनिधि तथा नेताहरु संगै विभिन्न खेलमा आवध खिलाडी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमा क्रिकेट ,फुटवल ,भलिबल,ब्याडमिन्टन,कवड्डी , कराते , पहलावानी, लगायतका खेलमा आफ्नो अमुल्य योगदान पुर्याइरह्नु भएका दर्जनौ खिलाडीहरु लाई दोसला र प्रशंसा -पत्रले सम्मान गरिएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.