शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेसिज पदाधिकारीहरुको तालिम सम्पन्न
माघ २८, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , माघ २८ - 
लहान सिटि जेसिज लहान २०१७ का पदाधिकारीहरुको तालिम सम्पन्न भएको छ I लहान उधोग वाणिज्य संघको सभा हलमा आयोजित उक्त तालिम कार्यक्रममा  २०१७ का लागि चयन तथा निर्वाचित भएका बिभिन्न पदाधिकारीहरुले आ-आफ्नो पदको काम , विशेषता ,  दायित्व ,कार्यक्षेत्र र क्षमताविकाश कसरि गर्ने सम्बन्धि तालिम सम्पन्न भएको छ I तालिममा २०१७ का अध्यक्ष जेसी सत्यनारायण पंजियार , कार्यकारीणी उपाध्यक्ष जेसि बसन्त साह , अजय साह , महासचिव जेसि उमेश चौधरी ,  कोषाधक्ष्य जेसि हिर्दय नारायण चौधरी , उपाधक्ष्य जेसि अनिल कुमार महतो , सतिस महासेठ , कृष्णा गुप्ता , रन्जु सिंह , जनसम्पर्क अधिकृत फिरोज शेख , तालिम निर्देशक दिपेन्द्र कुमार साह , कानुनि सल्लाहकारमा जेसि विजय गुप्ता , नेपाल जेसिजका कानुनि सल्लाहकार जेसी राजा बाबु साह , निवर्तमान अध्यक्ष जेसी शंकर प्रशाद गुप्ता , संस्थापक बसन्त साह लगायत बोर्डका मनोनित जेसी सदस्य सुमन गुता , अमरेश महतो लागायतको उपस्थिति रहेको थियो I तालिम प्रशिक्षकको रुपमा नेपाल जेसिजका उपाध्यक्ष जेसी कैलाश खाकी श्रेष्ठ रहेका थिए i तालिममा २०१७ का अध्यक्ष पंजियारले प्रशिक्षक श्रेष्ठ लाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरेका छन् i 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.