शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ब्र्हमाकुमारी राजयोगले शान्ति यात्राको आयोजना गर्दै
फाल्गुन १७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फागुन १७ - 
सिरहाको लहानमा ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे  ज्यान गएको शोकमा ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र लहानले एक मिनेटको मौन धारण गरि दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै  श्रद्धाञ्जली अर्पण गरेका छन्। ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र लहानले  ८३ औ महाशिवरात्री पर्वको उपलक्षमा आयोजना हुने कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलन गरि जानकारी गराउने क्रममा श्रद्धाञ्जली अर्पण गरेका हुन्। ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र लहानका संचालिका ब्र्हमाकुमारी नारायणी दिदिकोको अध्यक्षता तथा जिल्ला पत्रकार महासंघका सभापति दिनेश्वर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दर्जनौ पत्रकारहरुको उपस्थिति रहेको थियो। ब्र्हमाकुमारी राजयोग सेवा केन्द्रको पुर्व घोषित कार्यक्रम भएकाले  राष्ट्रिय शोक घोषणा भएको दिन कार्यक्रम गर्नु परेको राजयोग सेवा केन्द्रका बबिन बस्नेतले जानकारी दिएका छन्। 

कार्यक्रमा ब्र्हमाकुमारी राजयोग सेवा केन्द्र गोलबजारकी  सन्चालिका रामकुमारी दिदी , बन्दिपुरकी सन्चालिका अनिता दिदी, मिर्चयाकी  सन्चालिका रेनु दिदी र महोतरी जलेश्वरकी सन्चालिका ललिता दिदि लगायत विभिन्न उपशाखा बाट पाल्नुभएका ब्र्हमाकुमारी संचालिका तथा त्यसमा आवध व्यक्तित्वहरुले महाशिवरात्रको बारेमा बोल्दै भन्नु भयो ; आज हामी २१औं शताब्दीको शिशुकाल तथा विज्ञानको युगमा अनेकौ भौतिक सुख, सुविधाको आनन्द लिइरहेका छौं, तर जुन आन्तरिक सुखहरूको अन्तरआत्मा अनुभव गर्न चाहन्छ त्यसलाई भने प्राप्त गर्न सक्षम हुन सकेको छैनौ। आज मानव जीवनमा व्यक्तिगत खुशी, आनन्द, उमंग, सफलता एवं व्यवसायिक उन्नति आदि संग सम्वन्धित धेरै कम अवसर बाँकी छ । साथै सर्वजानिक, सामाजिक वा संगठित रूपमा खुशीको अदान–प्रदान, स्नेह, सद्भावलाई सुदृढ गरेर अलौकिक आनन्दबाट अनुभूतहुने अवसर त नगण्य हुँदै गइरहेका छन । यसै कारणले मानव एकांकी परिवार, व्यवसायिक दायरा भित्र खुम्चिएर तनाव, चिन्ता तथा नकारात्मक विचारहरूसँग संघर्ष गर्दै जीवनको बोझबाट लादिएको यात्रा तय गर्न बाध्य छ।

उत्सव वास्तवमा मानवको जीवनमा एउटा नयाँ स्फूर्ति, जिज्ञासा ताजापन, उमंग, उत्साह तथा अतीन्द्रिय सुखका छिट्टाहरू छर्नका लागिआरम्भ भएका थिए । त्यति वेला मानवमा श्रद्धा, प्रेम, सद्भावना पनि थियो । अव विस्तारै विस्तारै श्रद्धा र प्रेम खत्म भएर केवल परम्परा मात्रै बाँकी छ । अव तिनीहरूको लोकप्रियाता, मौलिकता, सरोकारिता तथा उमंग–उत्साह प्रायः समाप्त हुँदै गइरहेको छ । यसको मूल कारण हो ती उत्सवहरूको वास्तविक आध्यात्मिक रहस्य र प्राप्तिको वारे अनभिज्ञ हुनु । शिवरात्रिको महान् पर्वसँग पनि यस्तै  भएको  छ । 
पहाडको उच्च चुचुरादेखि लिएर सागरसम्म कुनै पनि यस्तो ठाउँ छैन जहाँ परमात्माशिवको प्रतिमा वा मूर्तिको स्थापना नगरिएको होस् । शायद नै कुनै यस्तो धर्म ग्रन्थ छैन जसमा परमात्माशिवको महिमा नगरिएको होस्  । तर पनि परमात्माशिवको सही परीचय, अवतरणको वेला तथा उहाँको कर्तव्यको बारेमा मानिस अनभिज्ञ नै  छ ।

यस शिवरात्रि पर्वबाट पुरै विश्वलाई एकताको सूत्रमा आबद्ध गर्न सकिन्छ । शिवरात्रि त्यस समयको यादगार हो जब संसारमा चारैतिर अज्ञान अन्धकार छाइरहेको थियो, भाइ–भाइ खुनका प्यासी थिए, स्त्रीहरूको लाज सुरक्षित थिएन । त्यस बखतमा मानवता तडपिरहेको थियो । कतैतिरै सुरक्षा थिएन । त्यस समयमा नै ब्रह्मालोकबाट एक ज्योतिको अवतरण भएको थियो र उहाँको प्रकाशले सम्पूर्ण जगत झलमल्ल भएको थियो । त्यस ज्योतिको नाम नै परमात्मा शिव हो।शिवको अर्थ नै हो कल्याणकारी अरु सबै मानिसहरूका नाम शरीरमाथि आधारित हुनाको कारण विनाशी हुन्छन । शरीर परिवर्तन सँगै नामपनि परिवर्तन हुन्छन् तर परमात्मा अशरीरि हुनुहुन्छ र जन्म मरणको चक्रमा आउनु हुन्न । त्यसैले उहाँको मूर्तिलाई ज्योतिलिंग मठ भन्ने गरिन्छ । नेपालको प्रशिद्ध पशुपतिनाथको मन्दिर पनि परमात्मा शिवको मुख्य मठ हो भन्न सकिन्छ । 

पूर्विय इतिहास, धार्मिक ग्रन्थ तथा सारा नेपाल भारतमा धेरै ठाउँमा शिवको मूर्तिहरू पाइन्छ । नेपालमा पशुपतिनाथ, भारतमा अमरनाथ, केदारनाथ, विश्वनाथ, संगमेश्वर, भीमामेश्वर, सोमनाथ, रामेश्वर आदिशिव कै यादगार प्रतिमाका मन्दिर हुन । यस प्रकारले ठाउँ–ठाउँमा शिवको मान्यताको रूप ज्योतिविन्दुको नै याद गराउँदछ । यी मन्दिरहरूले मानवहरूका बीच भावनात्मक एकता ल्याउँदछ तथा यो संसार शिव परमात्माको नै सुन्दर रचना हो भन्ने चेतना जागृत गराउँदछ । न केवल हिन्दु धर्मका मानिसहरू परमात्माशिवलाई सम्मान गर्दछन् अपितु अन्य धर्ममा विश्वास राख्नेहरूले पनि शिव परमात्मलाई नै निकै श्रद्धाले मान्दछन । उदाहरणको लागि रोममा इसाई धर्ममा कैथोलिकहरू गोल आकार भएको ढुंगालाई अहिले पनि पुजा गर्दछन । अरबमा मक्काको तीर्थ स्थलमा मुस्लिम यात्रीपनि यस्तै प्रकारको ढुंगा जसलाई संग–ए–असवद वा मक्केश्वर भन्छन्, र त्यसलाई इवादतका साथ् चुम्वन गर्दछन।

महाशिव रात्रिको अवसरमा सिरहाको लहानमा फागुन २० गते बिहान ८ बजे शान्ति यात्रा र दिउँसो १ बजे देखि  शान्ति, समृद्धि तथा स्वर्णनिम युगकोलागी बैस्बिक जागृती कार्यक्रमको आयोजना गरिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराउदै सम्पूर्ण नगरवासी लाई कार्यक्रममा सहभागी हुन् पनि आग्रह गरेका छन्।कार्यक्रममा उपस्थित सम्पूर्ण लाई मायाको चिनो सहित सम्मान गरेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.