शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पत्रकार महासंघ सिरहाको नवनिर्मित भवनको उदघाटन सम्पन्न
माघ २८, २०७३ | फिरोज शेख

फिरोज शेख ,लहान माघ २८ - 
नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवनको शुक्रबार  एक समारोह बीच उदघाटन गरिएको छ । महासंघका केन्द्रिय अध्यक्ष डा महेन्द्र विष्टले सो भवनको उदघाटन गर्नुभयो । उक्त अवसरमा महासंघका महासचिव उजिर मगर, केन्द्रिय सदस्य गणेश लम्साल, वरिष्ठ पत्रकार रामरिझन यादव, चन्द्रदेव कामती, राष्ट्रपतिका स्वीकिय सचिव जिवछ साह, पूर्व जिल्ला अध्यक्ष दिनेश्वर गुप्ता, प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, प्रहरी उपरीक्षक शेखर कोईराला, सशस्त्र प्रहरी उपरीक्षक चन्द्र भट्ट, सिरहा नगरपालिकाका कार्यकारी अधिकृत ईन्द्रदेव यादव, सरसफाई दूत धिरेन्द्र साह लगायत जिल्लाभरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष देवकुमार यादवले गर्नु भएको थियो ।

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.