शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पहिलो पटक मेरुदण्ड (ढाड) को सफल शल्यक्रिया
फाल्गुन २९, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फागुन २९ - 
लहानमा अवस्थित सप्तऋषि अस्पतालले जटिल मानिने मेरुदण्ड (ढाड) को शल्यक्रिया सफलतापूर्वक गर्न सफल भएको छ। खडक नगरपालिका ४ अमहा सप्तरीका ४८ वर्षीय मुशारू मियाको सप्तऋषि अस्पतालले पहिलो पटक सफल शल्यक्रिया गर्न सफल भएका छन्। सप्तऋषि अस्पतालका बरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर सुभाष बाबु साहको नेतृत्वमा चिकित्सकहरुको टोलीले मियाको रुख बाट लडेर ढाडको हड्डी भाची, ढाडको नशा च्यापिएर दाहिने खुट्टा कम चल्ने भएको मेरुदण्ड (ढाड) को moss miami पद्धती बाट titanium implant राखी सफल शल्यक्रिया सम्पन्न गरेको हो । यस्तो शल्यक्रिया पूर्वी भेगमा निकै दूर्लभ र जटिल मानिने डाक्टर साहको भनाई छ। अत्याधुनिक अर्थोपेडिक सर्जरी सेवा सुरु गरेको सप्तऋषि अस्पतालमा पहिलो पटक डाक्टर सुभाष बाबु साहले डा. गौरब राज ढकालको विशेष सहयोग, डा. जय प्रकाश ठाकुर संगै सहयोगीहरु मोंटू सिंह, बिरेन्द्र, दिपक, बिनोद सहितको टोलिको सहयोगले मेरुदण्ड (ढाड) को सफल शल्यक्रिया गर्न सफल भएका छन्।

बिरामी मुशारू मियाले भने ‘ढाडको हड्डी भाची, ढाडको नशा च्यापिएर दाहिने खुट्टा कम चल्ने समस्याले निकै पिडा भइरहेको थियो, यस्तो  जटिल अप्रेशन पनि सप्तऋषिमा सजिलै भयो । अपाङ नै हुनुबाट बचायो यसमा धेरै खुःशी छु । हिडडुल गर्न नै कठिनाइ भइरहदा , सप्तऋषिको सफल शल्यक्रियाले दुःख कष्ठबाट मुक्ती दिलाएको बिरामी मियाले बताए। हाल पूर्णरुपमा हिँड्डडुल गर्नसक्ने नभएपनि  व्हिल चेरमा राखेर फिजिओथेरपि गराइरहेका मिया निकै खुसी भएका छन्। विगत केहि वर्ष देखि गुणस्तरीय तथा अत्याधुनिक उपचारको लागी सप्तऋषि अस्पतालमा बिरामीको आउने संख्या बढ्दै गइरहेको छ ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.