शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा होलि मिलनको रौनक
चैत्र ७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ चैत्र ७ -
मिथिला अंचलमा आज  विहिबार र भोलि  शुक्रबार दुई दिन होलि मनाउने भए पनि तराइमा होलीको उमङ्ग बुधबार देखि नै देखिएको छ। सिरहाको लहानमा रहेका विभिन्न संघ संस्थाहरुले होलि मिलन तथा शुभकामना आदानप्रदान गर्दै सभ्य र भव्यताका साथ होलि मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरि होलि मनाएका छन् ।  लहान सिटि जेसीज,नेपाल निर्माण व्यवसाय संघ सिरहा लहान, सुनचाँदी व्यवसाय संघ परिवार लहान, जिल्ल्ला उधोग वाणिज्य संघ सिरहा लहानले  होलि मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। लहान सिटि जेसीज,नेपाल निर्माण व्यवसाय संघ सिरहा लहान द्वारा संयुक्त रुपमा आफ्नै सचिवालय भवनमा आयोजना गरिएको कार्यक्रममा लहान जेसिजका अध्यक्ष राजु मण्डल र निर्माण व्यवसाय संघका अध्यक्ष विशाल साहले अध्यक्षता गर्नु भएको थियो। कार्यक्रमको शुरुवाती चरण औपचारीक रहेकोले सामूहिक राष्ट्रिय गान तथा जेसी दिपक श्रेष्ठको आस्थापाठ संगै कार्यक्रम शुरु गरिएको थियो । 

कार्यक्रममा लहान जेसीजका पूर्व अध्यक्ष राजा बाबु साह,राकेश झा,मुरारी प्रसाद साह,राजेश चौधरी,चुडामणि गुप्ता संगै अतिथिहरुमा पाल्नु भएका शस्त्र प्रहरी वेस क्याम्पका डिएसपी प्रेम रावल,जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका पुर्व अध्यक्ष अशोक अग्रवाल लगायत       निर्माण व्यवसाय संघ तथा जेसिसका पदाधिकारीहरुले आफ्नो शुभकामना मन्तव्य मार्फत रंगहरुको पर्व जस्तै सम्पूर्ण नेपालिहरुको जीवन रंगिनमय बनोस भन्ने शुभकामना सहित रंगिन पर्व होलीले विगतका वैमनष्यताहरुलाई विर्सेर नयाँ सम्बन्ध बनाउदै आगामी दिनहरुमा अगाडि बढुन् पर्ने सुझाव तथा शुभकामना सहित उपस्थित सम्पूर्णलाई शुभकामना दिनु भएको थियो।

अन्त्यमा,औपचारीक कार्यक्रमको समापन मन्तव्य दिने क्रममा अध्यक्ष दुवै मण्डल र साहले आफ्नो शुभकामना मन्तव्य मार्फत होलीले सामाजिक सद्भावको अभिवृद्धी गर्दै सवैमा खुशियाली छाओस भन्दै उक्त होली मिलन कार्यक्रममा विभिन्न संघ संस्था बाट उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषण संगै सम्पूर्ण सहभागीहरु विच ५ रंगका अविरहरु लगाएर खुशि साटासाट गर्दै होलीको गीतमा मनोरञ्जन गरिएको थियो । करिव २ घण्टा लामो कार्यक्रममा सहभागी सम्पूर्ण सदस्य मित्रहरु विच सौहार्दपुर्ण वातावरणमा शुभकामना आदानप्रदान गर्दै होली मिलन कार्यक्रमको समापन गरिएको थियो।कार्यक्रम संचालन महासचिव गंगा यादवले गर्नु भएको थियो भने कार्यक्रमका संयोजक गौरव साह रहेका थिए।

त्यस्तै सुनचाँदी व्यवसाय संघ परिवार लहानका अध्यक्ष श्याम साह (भोरेभोर) को अध्यक्षतामा सम्पन्न होलि मिलन तथा शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सुनचाँदी व्यवसायमा आवद्ध व्यवसायीहरु लगायत संघका पदाधिकारीहरुको बाक्लो उपस्तिथी रहेको थियो। संघका अध्यक्ष भोरेभोरले शुभकामना मन्तव्य राख्दै : हिन्दू धर्मशास्त्र अनुसार हिरण्यकश्यपका पुत्र प्रह्लादको हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भएको र प्रह्लाद बाँचेको पौराणिक कथालाई लिएर होली मनाइने प्रचलन रहेको छ ।होली पर्वमा यहाँका युवाहरुले जाँड रक्सी जस्ता नशालु पदार्थ सेवन गर्ने तथा जबर्जस्ती रंग अबिर लगाउने प्रवृत्तिसमेत विगतका वर्षहरुमा देखिएकाले यस वर्ष यस्ता कार्यहरु नगर्न सबै पक्षसँग अनुरोध समेत गरेका छन्। 

त्यस्तै जिल्ल्ला उधोग वाणिज्य संघ सिरहा लहानले आयोजना गरेको होलि मिलन तथा शुभकामना आदान -प्रदान कार्यक्रम संघका अध्यक्ष अशोक लाल अमात्यको अध्यक्षता तथा लहान नगरपालिकाका नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु,शैशिक संघ संस्थानका पदाधिकारीहरु, महिला अधिकारकर्मी, व्यापारी, संघका पदाधिकारीहरु, नागरिक समाज,सुरक्षा निकायका प्रतिनिधि लगायत संचारकर्मीहरुको उपस्तिथी रहेको थियो। 

शुभकामना मन्तव्यको क्रममा नगर प्रमुख मुनि साहले पहिले पहिले गाउँका दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा अबेर रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धको छुट्टाछुट्टै टोलीले समूह बनाइ जोगिरा गाउने चलन थियो । डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमबाट देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, प्रेम–विछोड र हर्ष–वियोगका भाव गीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ। मिथिलाञ्चलमा होली पर्वको अवसरमा गाइने जोगिरा संस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा समुदायको खाँचो देखिएको बताउदै होली एकता सद्भाव र उमंगको पर्व हो ,यो पर्वको गरिमा र महिमालाइ जोगाउन आपसी मनमुटाव लाइ सदाको लागि समाप्त गरि फरक-फरक रंग झै फरक-फरक विचार र दर्शन भएपनि एक आपसमा बसेर साझा सवाल ,समृद्धि र विकासको लागि सोहार्दपूर्ण सामाजिक वातावरण बनोस ,समाजमा शान्ति र समृद्धिको माहोल निर्माण होस भनि कामना सहित रंगविरंगको होली जोगिरा सहित तराइ मधेशमा मनाउने माहोल बनोस चाहना सहित सम्पूर्ण नगरवासीमा होली पर्वको शुभकामना दिनुभयो।

यसै बीच सिरहाको लहानमा प्रत्येक वर्ष होली पर्वको अवसरमा ग्लोबल फ्रेन्ड्स एशोसियनले आयोजना गर्दै आईरहेको मटकाफोड प्रतियोगितालाई यस वर्ष पनि निरन्तता दिएका छन। आज मिति २०७५ साल चैत्र ७ गते विहान ८ बजे देखि लहान ७ मा अवस्थित राम मन्दिर नजिक ग्लोबल फ्रेन्ड्स एशोसियनले छैठो मटकाफोड प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको एशोसियनका अध्यक्ष वसन्त साहले जानकारी दिएका छन। प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु, १५ हजार ,शिल्ड ,मेडल र प्रमाण-पत्र , दितिय हुने समुह लाई ७ हजार ५ सय नगद, शिल्ड ,मेडल र प्रमाण-पत्र त्यस्तै तृतीय हुने लाई ४ हजार १ सय नगद , शिल्ड ,मेडल र प्रमाण -पत्रको व्यवस्था गरिएको आयोजकले जनाएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.