शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मटकाफोड प्रतियोगिताले यूवाहरु उत्साहित
चैत्र ८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ - चैत्र ८ - 
ग्लोबल फ्रेन्ड्स एशोसियन लहान द्वारा आयोजित छैठो होलि महोत्सव अन्तर्गत मटकाफोड प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हर्षो-उल्लासमय वातावरणमा विहिवार सम्पन्न भएको छ। होली पर्वको अवसरमा आयोजना गर्दै आईरहेको मटकाफोड प्रतियोगिताले लहानको होलीमा रोणकता थप्नुको साथै हराउदै जान थालेको संस्कृतिको उजागर गर्न महत्पूर्ण भूमिका निर्वाह गरेकोमा स्थानीय तहका जन प्रतिनिधिहरुले आयोजक यूवाहरुलाई लहान नगरपालिकाबाट सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भएका छन । मटकाफोड प्रतियोगिताले यूवाहरुलाई होलीमा समाजिक सदभाव र एकताको लागि सहि मार्ग निर्देश गरेकोले उत्साहित समेत देखिएका छन । होली पर्वकै दिन ग्लोबल फ्रेन्ड्स एशोसियनले रंग अबिर खेल्दै लहानको बिच वजार व्यापारिक घरानाहरुको बस्ती लहान ६ र ७ को मुख्य चौकमा मटकाफोड प्रतियोगिता आयोजना गर्दै आईरहेका छन । छैठो पटक आयोजना गरेको प्रतियोगितामा लहानका जनप्रतिनिधिहरुले सहभागि भएर होली पर्व मनाएकाले यस पटक लहानको होली उल्लासमय दखिएको थियो। 

ग्लोबल फ्रेन्ड्स एशोसियन लहानका अध्यक्ष वसन्त साहको अध्यक्षता तथा लहाननगरपालिकाका नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा  प्रतियोगिता स्थलमा सहभागी नगरवासीहरुलाई जन प्रतिनिधिको तर्फबाट लहान नगरपालिकाको नगर प्रमुख मुनि साह , उप प्रमुख सरियार चौधरी , हिसानका अध्यक्ष तथा वौद्धिक व्यक्तित्व डा,महादेव साह ,लहान ६ का वडा अध्यक्ष अरुण केसी, लहान ५ का अध्यक्ष सुलेमान अन्सारी,लहान ७ का वडाध्यक्ष राकेश रोशन गुप्ता,लहान ८ का अध्यक्ष विजय महतो, लहान ४ का अध्यक्ष रामनाथ महतो,लहान २० का अध्यक्ष गणेश चौधरी, लहान २४ का अध्यक्ष कमल देव यादव, इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापा, शस्त्र प्रहरी वेसक्याम्पका डिएसपी प्रेम रावत,सुनचाँदी व्यवसाय संघका सचिव विन्देश्वर साह लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि , संचारकर्मी , उधोगपति , व्यपारी , स्वास्थकर्मी , विभिन्न संघ -संस्थाका प्रतिनिधि , विभिन्न कलेजका प्रतिनिधिहरु लगायतले रंग अबिरले सहभागीहरुलाई होलीको शुभकामना दिदै समाजबाट हराउदै गएका हाम्रा होलीका मूल्य मान्यताहरुलाई स्थापना गराउन ग्लोबल फ्रेन्ड्स एशोसियनले मटकाफोड प्रतियोगिता आयोना गरेर धार्मिक , समाजिक , भाईचरा र एकताको माहोल बनाउन निकै सहयोग गरेको भन्दै जोगिरा संरक्षण अभियान र होलीमा यूवाहरुले मदिरा र हिंसात्मक गतिविबिधिहरुमा नलागुन भन्ने चेतनामूलक कार्यक्रमहरु तिर पनि अग्रसर हुन् आग्रह गरेका छन्।

लहानका ६ समूहले भाग लिएको मटकाफोड कार्यक्रममा लहान १८ का युवाहरुले १० सेकेन्डमै मटका फोडेर प्रथम स्थान हासिल गरेका छन भन्ने १० सेकेन्ड २० मिलि सेकेन्डमा लहान ५ का युवाहरुले  मटका फोडेर दोस्रो, लहान नगरपालिकामा कार्यरत सरसफाईका टोलीले ११ सेकेन्डमा मटका फोडेर तेस्रो,बज्र शक्ति युवा क्लवले १२ सेकेन्डमा मटका फोडेर चौथो, दिप बचत तथा ऋण सहकारी संस्थाका यूवाहरुले १६   सेकेण्डमा मटका फोडेर पाँचौ स्थान हासिल गरेका छन, भन्ने लहान २० का युवाहरुले दोस्रो पटकको प्रयासमा ३ मिनेटमा मटका फोडेर छैठो स्थानमा चित्त बुझाएका छन्।

प्रथम हुने समूहलाई १५ हजार नगद पुरस्कार सहित सिल्ड र प्रमाण-पत्र, दोश्रो स्थान प्राप्त गरेका समूहलाई ७ हजार ५ सय नगद , शिल्ड तथा प्रमाण-पत्र , तेस्रो स्थान प्राप्त गरेका समुह लाई ४ हजार १ सय नगद, शिल्ड र प्रमाण-पत्र  प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा अतिथिहरुको हातबाट हस्तान्तरण गरिएको थियो। ग्लोबल फ्रेन्ड्सका लक्ष्मी सहनी संयोजक रहेका मटकाफोड कार्यक्रमको संचालन संचारकर्मी जिवछ यादव उदासीले गर्नु भएको थियो।भने ब्रेक द हार्टविट्स स्टुडियोका युवाहरुले प्रस्तुत गरेको होलि हङ्गामा सांस्कृतिक कार्यक्रमको उद्घोषण कपिल विश्वकर्माले गरेका थिए। हजारौ जनसमुदायको उपस्थिति रहेको मटकाफोड कार्यक्रममा स्वागत मन्तव्य संस्थाका संस्थापक अध्यक्ष कृष्णा गुप्ताले राख्नु भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.