शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
;आधारभूत लेखा तथा कर नीति ;सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
चैत्र २४, २०७५ | फिरोज शेख

;आधारभूत लेखा तथा कर  नीति ;सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न 

फिरोज शेख २०७५ चैत २४ - 
सिरहाको लहानमा ;आधारभूत लेखा तथा कर  नीति ;सम्बन्धि एक दिन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सनराइज बैंक लिमिटेडले जिल्ला उधोग वाणिज्य संघ लहानको सहकार्यमा एक दिन अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । सनराइज बैंकका प्रदेश २ प्रमुख रोहित कुमार महासेठको अध्यक्षता तथा जिल्ला उधोग वाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा यस क्षेत्रका उधोगी तथा व्यापारीहरुको बाक्लो उपस्तिथी रहेको थियो। कार्यक्रमा आधुनिक सुचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालनमा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पुर्व अपनाउनु पर्ने सामान्य विधिहरुको साथै व्यवसायलाई अपेक्षित रुपमा विर्द्धि गर्नु उद्धमिको प्रमुख चुनौती रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पुर्याउने हेतुले यस कार्यक्रमको आयोजना गरिएको प्रदेश २ बैंक प्रमुख महासेठले जानकारी गराएका थिए । भने सहभागीहरुलाई उक्त बैंकका अधिकृत,चार्टड एकाउन्टेन्ट सुगम पोखरेलले  ;आधारभूत लेखा तथा कर  नीति ; सम्बन्धि अभिमुखीकरण दिएका थिए। कार्यक्रममा व्यापारीहरु लाई सामान्य लेखा शास्त्रका सिद्धान्त,चालुपुंजी व्यवस्थापनका आधारभूत नियमहरु,नेपाल सरकारको कर नीति,कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु,कर दाखिला तथा चुक्ता प्रमाणपत्र,व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्ते व्यवसायिक योजना,बजार प्रबर्धन तथा बिक्रि,व्यवसायिक वातावारंको विश्लेषण, आर्थिक वर्ष २०७५/०७६ मा करमा भएका नयाँ परिवर्तनको बारेमा अन्तरक्रिया र छलफल भएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.