शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान महोत्सवमा मास्टर र बल्छीले हँसाए,सन्नुले नचाए
चैत्र ३०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ चैत ३० - 
सिरहाको लहानमा आयोजित लहान महोत्सव २०७५ को पाँचौ दिन नेपाल टेलिभिजनका चर्चित हास्य कार्यक्रम " मेरी बास्सै " का चर्चित हास्य लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकारि क्षेत्रमा अलगै पहिचान बनाउन सफल मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) ले आफ्नो प्रस्तुतिले दर्शक लाई खुब हसाउदै मनोरंजन गराएका छन् भने मिथिलाको गायन क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल सन्नु कुमार मण्डलले सजनी हमर देखु एक नजर, नाथिया टुटल सैइया खटिया पर, स्प्रिङ्ग सेट छौ,पिया पिया,डिजे बाजा,मुस्कानमे अहाके लगायतका गीतहरु प्रस्तुत गर्दै महोत्सव हेर्न आएका दर्शकहरु लाई भरिपूर्ण मनोरंजन प्रदान गर्दै नचाएका थिए।  

 लहान १२ देखि  २२ वडा सम्म पर्ने  धार्मिक पर्यटकीय स्थलहरु सल्हेस फूलवारी, राजदेवी मन्दिर, पकडियागढ, मानिकदह र वडा २० मा पर्ने ब्रम्हानथानलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनुको साथै पर्यटकीय स्थलहरुको विकासलाई प्राथमिकतामा राखेर १५ दिन सम्म चल्ने महोत्सवको सांस्कृतिक कार्यक्रमा मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ,राजु पौडेल (राजु मास्टर), रमेश श्रेष्ठ( मेलोडी) को हास्य बेङ्गय प्रस्तुति , गायक सन्नु कुमारको गायन , मोडल तथा डान्सर नुमा थापा मगर,डोल्मा लामाको आधुनिक डान्स संगै स्थानीय कलाकारहरुमा लवलि डान्स ग्रुपको प्रस्तुति,  बाल कलाकार सारंश साहको डान्स लगायतका साँगितिक प्रस्तुती रहेको थियो । कार्यक्रममा मूल आयोजक समितिका सदस्यहरु विजय कुमार महतो, रोशन गुप्ता, अरुण केसी, महोत्सवको व्यवस्थापनका संयोजक विद्यार्थी साह लगायतले मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ,राजु पौडेल (राजु मास्टर) र सन्नु कुमार मण्डल लाई मायाको चिनोले सम्मान गरेका थिए। 
यसै बीच महोत्सवको छैठो दिन सनिबार नेपालका चर्चित गायक शिव परियार, मैथिली गायक सुनिल पण्डित, रुद्र सेन विश्वकर्मा, लगायतको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.