शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
न्यायिक समिति प्रमुख उपमेयरको छोरा द्वारा एक दलित माथी हमला
बैशाख २, २०७६ | फिरोज शेख

सिरहा २०७६ बैशाख २ - 
सुखिपुर नगरपालिका को उपमेयरको छोराले आफ्नो आमाको पदिय पावरको दुरुपयोग गरेको छ । जिल्ला सिरहा सुखीपुर - ८ को लक्ष्मण साह(उपमेयरको श्रीमान) तेली का ३५ वर्षिय छोरा अनिल कुमार साह र करिब ३२ वर्षिय कान्छो छोरा विभेश कुमार साहले स्थानिय बेचन दास तत्मा माथी सार्वजनिक स्थलमा हातपात गरेका छन । काठको बिबाद ले गर्दा पीडित तत्मा र उपमेयरका परिवार बिच केही दिनदेखी घम्साघम्सी चलेको थियो । फर्निचरको काम गर्ने लक्ष्मण साह तेलीले समयमा झ्याल ढोका बनाएर नदिएको कारणले उनकै ग्राहक (पिडित) ले गुनासो गर्दा आफुलाई त्यसो भन्न कसरी आँट गरेको भन्दै बोलाएर तत्मालाई कुटपिट गरेका छन ।

पीडित तत्माको अनुसार लक्ष्मण साह तेलीले भने " मलाई चिन्दैनौ म को हु यस नगरपालिका को ? मेरो गुनासो गर्नु तिम्रो औकात छैन । " पीडितको यो पनि आरोप छ कि लक्ष्मण साह आफ्नो पत्नीको पदिय मर्यादाको दुरुपयोग गरेको छ । पीडित बेचन दास तत्मा द्वारा गरिएको पत्रकार सम्मेलनमा उनले भने कि उपमेयरको दुईटै छोराहरु र श्रीमान ले बेला बेला दादागिरी गरेपनि नेपाल प्रहरी मुकदर्शक बनेर बसेका छन । उल्टै उनैलाई संरक्षण दिन बाध्य छन ।

पीडितले जानकारी दिए अनुसार घटना लगतै उनी स्थानीय ईलाका प्रहरी कार्यालयमा निवेदन दिन गए तर त्यहाँको प्रहरी ईन्चार्ज ले निवेदन दर्ता गर्नुको सट्टा उपमेयर सङ्ग आर्थिक सेट्टिङ गर्न थाले । बारम्बार प्रहरीले बेवास्ता गरेपछी पीडित तत्मा पत्रकार सम्मेलन गरि न्यायको लागि गुहारेका छन । तत्माले पत्रकार सम्मेलनमा एउटा हृदयस्पर्शी प्रश्न तेर्साएका छन " यदि न्यायीक समिति कै अध्यक्षद्वारा नै अन्याय भोग्नु पर्यो भन्ने हामी जस्तो गरिब दलित आखिर न्यायको खोजीमा जाने कहाँ ?

 
 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.