फिरोज शेख लहान २०७६ बैशाख ४ -
सिरहाको लहानमा एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीको उदघाटन गरिएको छ । नेपालि बिमा बजारमा बिमाको बढ्दो आवश्यकता लाई परिपूर्ति गर्ने उद्देश्यले अजोड इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ र बिमा ऐन २०४९ वमोजिम मिति २०६४ चैत्र २० मा कम्पनी दर्ता भई १९ औ निर्जीवन बिमा कम्पनीको रुपमा २०७५ असार २१ गते देखि संचालनमा आएको नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले स्वागत मन्तव्य राख्ने क्रममा बताउनु भयो । अधिकृत पुँजी र जारि पुँजी एक अर्ब र चुक्ता पुँजी ७० करोड रहेको अजोड लिमिटेडको १ वटा मुख्य कार्यलय, ६ वटा क्षेत्रीय कार्यलय तथा २३ वटा शाखा कार्यलय, १ वटा ग्राहक सेवा केन्द्र र १५ वटा तेस्रो पक्ष बिमा काउन्टरहरु संचालनमा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले जानकारी दिनु भएको छ।
प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको अध्यक्षता तथा जिल्ला उधोग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोक लाल अमात्यको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा रेडियो समग्रका अध्यक्ष भैरव गैलाल , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका संचालक फिरोज शेख लगायत विभिन्न बैंक , वित्तीय संघ संस्थानका प्रतिनिधि , स्थानीय वुद्धिजीवी लगायतको उपस्तिथी रहेको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथिले रिवन काटेर अजोड इन्स्योरेन्स लिमिटेड कम्पनी लहान शाखको उदघाटन गर्नु भएको छ। महावीर गुप्ता प्रवन्ध निर्देशक रहेको लहान शाखको उदघाटन सत्रमा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राख्दै अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीको उत्तरो उतर प्रगतिको कामना सहित यस क्षेत्रका जनसमुदायलाई यस कम्पनीले चुस्त दुरुस्त सेवा प्रदान गर्ने विश्वाश व्यक्त गर्नु भयो। कार्यक्रममा उपस्थित अतिथिहरु लाई अधिकृत सुरेन्द्र थापा र अधिकृत कुमार बहादुर खत्रीले खादा र मायाको चिनोले सम्मान गर्नु भएको थियो।