शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डम्पिङ मुद्दामा झाडु जुलुस
बैशाख १०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख ९ - केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ साईट अहिले आएर बिबादास्पद बन्नपुगेको छ । लगभग २ वर्ष अगाडि नगरपालिका अधिकृत र वडा नम्बर ४ का स्थानीय बिच भएको सहमति अनुरुप नगरको फोहोर ब्यवस्थापनको निम्ति तोकिएको ठाउँ अहिले आएर असन्तुष्टि को बिषय बनेको छ । फालिएको फोहोरको दुर्गन्धले वार्ड ४ को वासिन्दाको दैनिकी नै प्रभावित हुनगएको हुनाले डम्पिङ साईट अन्यत्र सार्न स्थानीयले नगरपालिकालाई बारम्बार ज्ञापनपत्रसमेत दिएको त्यहाँका वडा अध्यक्ष रामनाथ पन्डित बताउछन् । डम्पिङ क्षेत्रको कारण स्थानीयवासीमा छाला सम्बन्धि रोग, श्वासप्रश्वास लगायत विभिन्न शारीरिक समस्या देखिएको अर्का एक जना सुरेन्द्र मन्डल बताउछन। करिब चार दिन अगाडि शुक्रबार फोहोर बोक्ने ट्र्याक्टर लाई स्थानीयले रोकेका थिए । केही बेर विवाद भए पश्चात् चालकहरुले ती फोहर ले भरिएका ट्रैक्टर ठिक पुरानो वडा कार्यालयको मुल द्वार अगाडि नै झारेर गएका थिए जसले स्थानीयवासी नगरपालिका प्रति विभिन्न टीका टिप्पणी गरेका थिए । त्यस पश्चात फेरी आइतबार फोहरको गाडी वडा ४ मा फोहर व्यवस्थापन गर्न जादा स्थानियहरुले विवाद गर्न थालेपछि ड्राईभरले ३ वटा फोहरको गाडी वडा अध्यक्ष पण्डितको घर अगाडी पार्क गरेपछि वडा नम्बर ४ को भित्रि सडक अवरुद्ध भएको छ । फोहरले दुर्गन्ध दिन थालेपछि स्थानीयहरुले मेयर मुनि साहको नारावाजी गर्न थाले । सोमबार करिब ११ बजे स्थानीयहरुले लहान नगरपालिका विरुद्ध महिला सहितको झारु जुलुस निकालेका थिए । जुलुसले लहानको परिक्रमा गर्दै नगरपालिकाको मूल द्वारमा गइ धर्नामा परिणत भएको थियो। स्थानीयहरुको आक्रोश देखेर नगरपालिकाले आन्दोलित पक्ष संग वार्ता गर्दै चाडै समस्याको समाधान गर्ने बताएपनि स्थानियहरुले तुरुन्त डम्पिङ साईटको समस्या समाधान हुनु पर्ने अडान लिए पछि वार्ता हुन् सकेन र मेयर साहको विरुद्ध नगरपालिका परिसरमै विभिन्न नारावाजी गर्न थाले । यस आन्दोलनमा नेपाली काङ्ग्रेस, राजपा र फोरमले पनि समर्थन जनाएका छन्। स्थानीयवासीले लाहान नगरपालिकाका मेयर मुनी साहले आफ्नो समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन । वार्ड अध्यक्ष रामनाथ पन्डित को अनुसार मेयर साह मनमानी गर्ने गरेको छ । वडा अध्यक्ष पन्डित भन्छन यो बिषयमा मेयर संग कुरा गर्न जादा मेयरले मलाई हप्काएर पठाएको समेत आरोप लगाएका छन् ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.