शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
'जोली एलएलबी-२'फिल्म समिक्षा चौतर्फी प्रसंशा
माघ २९, २०७३ | सरगम खबर समाचारदाता

एजेन्सी । अक्षय कुमारको 'जोली एलएलबी-२' ले बलिउडमा धमाका मच्चाउने दाउ रहेको बताइएको छ । रेटिङमा पनि राईस भन्दा माथि रहेको चलचित्रमा अक्षयको दमदार अभिनय र सामाजिक बिषय बस्तुलाई उजागर गरेको छ । जोली एलएलबी-२, सन् २०१३ मा रिलिज भएको चलचित्र जोली एलएल.बी को सिक्वेल हो । चलचित्र निर्देशक सुभाष कपूरले चलचित्रमा सामाजिक बिषय बस्तुलाई राम्रोसँग उठाएका छन् । सुभासले फस गए रे ओबाना , जोली एलएल.बी जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।  
 
कथा

लखनऊमा बस्ने जगदीश्वर मिश्रा जोली (अक्षय कुमार) एक वकील हुन्छन् । उनको कोर्टमा आफ्नै चैम्बर होस् भन्ने चहाना हुन्छ । उनि श्रीमति  पुष्पा पाण्डे (हुमा कुरेशी) र छोरासँग खुशिसँग जिन्दगी बिताइरहेका हुन्छन् । उनिहरुको जिवनमा हिना सिद्दीकी (सयानी गुप्ता) को एन्ट्री हुन्छ जसको श्रीमान् प्रहरी इन्काउन्टरमा मारिएको हुन्छन् । हिनाको वकील बनेर  जोली  इन्काउन्टरको केस लड्न तयार हुन्छ । अब उसले के यो केस जित्छ ? त्यसको लागि चलचित्र हेर्नुपर्ने हुन्छ  । 
 
निर्देशन 

सुभाष कपूरले निर्देशन गरेको चलचित्र निकै राम्रो रहेको छ । उनले  लखनऊ र बनारसको बास्तविक लोकेशन्समा चलचित्रको सुटिङ गरेका छन् । चलचित्रमा कमेडी र सामाजिक मुद्दालाई राम्रसँग उठाइएको छ । चलचित्रको अर्को विशेषता डाइलग हो । चलचित्र तपाईलाई वास्तविक र एन्टरटेनिङग लाग्नेछ । 
 
अभिनय

चलचित्रमा अक्षय कुमारको अभिनयलाई  तारीफ गर्नै पर्ने हुन्छ । जसले चलचित्रलाई शानदार रुपमा प्रस्तुत गरेका छन् । अक्षयको लखनवी र वकीलको भेषले दर्शकलाई लोभ्याउनेछ । उनले आफ्नो कमेडी र गम्भीरताले तपाईलाई इम्प्रेस गर्नेछन् ।  जोलीको श्रीमतिको भुमिकामा हुमा कुरेशी छन् भने जर्ज सुन्दरलाल त्रिपाठीको भुमिकामा सौरभ शुक्ला रहेका छन् । त्यस्तै अनु कपूर, सयानी गुप्ता सबै कलाकार आफ्नो भुमिकामा निपुर्ण छन् । 
 
गीत

चलचित्रमा ४ वटा गीत रहेका छन् । जसको कथासँग राम्रो तालमेल रहेको छ । कुनै पनि गीतलाई चलचित्रमा जबरजस्ती राखिएको छैन ।    

व्यापार 

जोली एलएलबी-२ सुपरहिट हुने पक्का भएको ७० करोड लगानीमा तयार भएको यो चलचित्रले बिभिन्न राइट्स बाट ४५ करोड असुल गरिसकेका छन् I दर्शक र समिक्षकहरुको राम्रो प्रतिक्रिया हेर्दा जोलीले १३० करोड भन्दा बढीको व्यपार गर्ने फिल्म बिज्ञहरुले जनाएका छन्।

 
अरशद वारसी अभिनित जोली एलएल.बी’ भन्दा पनि जॉली एलएलबी 2 यस्तो चलचित्र हो जसले शुरु देखि अन्तसम्म दर्शकलाई भरपुर मनोरंजन गराउछन । 


चलचित्रः जोली एलएलबी-२
ब्यानर कम्पनि  : फॉक्स स्टार स्टुडियो
निर्देशक : सुभाष कपूर
संगीत : मीत ब्रदर्स, विशाल खुराना, मंज मौसिक, चिरंतन भट्ट
कलाकार : अक्षय कुमार, हुमा कुरैशी, अन्न कपूर, सौरभ शुक्ला, कुमु‍द मिश्रा, सयानी.
सेंसर सर्टिफिकेट : यूए * २ घण्टा १८ मिनट ३१ सेकंड 
रेटिंग : ३.५/५     

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.