शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या
बैशाख १३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख १३ - सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा फेला परेको रतनबहादुर तामाङको ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा आफ्नै साथि बाट हत्या गरिएको प्रहरी अनुशन्धान बाट खुलेको छ। बिरामी हुँदा साथीबाट सापटी लिएको रुपैयाँ फिर्ता गर्न नमान्दा लहान नगरपालिका- ९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या भएको हो। तामाङका साथि सप्तरी राजविराज नगरपालिका- ३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापामगरले हत्या गरेको इलाका प्रहरी कार्यलय लहानमा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी जीवन श्रेष्ठ , डिएसपी माधव राज खरेल तथा इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश तथाको उपस्तिथिमा विहिबार सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार सापटी रकम पटकपटक माग्दा पनि तामाङले आनाकानी गर्दा रिसको झोकमा उनको हत्या गरेको थापा मगरले स्वीकार गरेका छन्। तामाङको शव हत्या गरिएको अवस्थामा गएको शनिबार लहान नगरपालिका १७ बलान खोलामा फेला परेको थियो।उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । घटना भएको चार दिनमा प्रहरीले कसुरदार मगरलाई बुधबार धनगढीमाई नगरपालिका १० बाट पक्राउ गरेको थियो। प्रहरीले पत्रकार सम्मेलनमा सार्वजानिक गरेको विवरण अनुसार मगर ६/७ वर्ष पहिलादेखि बेसार बिक्री गर्दै हिँड्ने क्रममा तामाङसँग चिनजान भएको थियो । तामाङको गोठटोलमा चिया पसल छ । त्यही क्रममा मगरले तामाङ बिरामी पर्दा ४५ सय रुपैयाँ सापटी दिएका थिए । रुपैयाँ फिर्ता माग्दा आनकानी गरी उल्टै मगरलाई डर र धम्की दिँदै आएका थिए । चैत ५ गते साँझ मगर तामाङको घरमा आयो । मासु र रक्सी पनि सेवन गर्‍यो । घरमा कसेलै थाहा नपाउने गरी तामाङकै घरबाट खुकुरी लियो । मगरले तामाङलाई ललाइ- फकाइ बजार घुम्न जाउ भन्दै घर बाहिर लग्यो । अघिअघि हिँडिरहेका तामाङले पछाडीबाट खुकुरी प्रहार गरी हत्या गरेको मगरले प्रहरीसमक्ष बयान दिएका छन् । हत्यापछि मगर फेरी फर्केर तामाङकै घर आएका थिए । तामाङकी पत्नी मनमाया तामाङसँग १५ सय रुपैयाँ र घरको मोबाइल सेट चोरेर हिँडेका थिए । प्रदेश र जिल्लाको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरी मगरलाई पक्राउ गरेको एसपी जिवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मगरलाई सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको जानकारी गराइएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.