शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरणमा
बैशाख १६, २०७६ | फिरोज शेख

शुभ नारायण यादव २०७६ बैशाख १६ सप्तरी - 
सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ बर्षिय बालक अपहरणमा परेको छ । सप्तरीको राजगढ गाउँपालिका वडा न।३ नर्घोका जागेश्वर यादवका १२ वर्षिय छोरा लक्ष्मण यादवको गत शुक्रवार राती सोही गाउँपालिकामा जन्ती गएको बखत अपहरण भएको पीडित परिवारले बताएका छन् । राजविराज स्थित ज्ञान ज्योति बोर्डिङ्ग स्कुलको कक्षा ३ मा अध्ययनरत बालक जन्ती आएको बेला रात्ति नै अपहरणमा परेको पिडितका आफन्तजनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आईतबार उजुरी समेत दर्ता गराएका छन । छिमेकी ठकन यादवको छोरीको विवाहमा भोज खान गएको बेला रात्ति नै अपहरण गरेको हुन सकिने अनुमान पिडितका आफन्तजनले गरेका छन । 
यसैबिच अपहरणमा परेको बालकको खोजी गरिदिन पिडितका परिवारजनले प्रहरी ,संचारकर्मी ,अधिकारकर्मी लगायत सम्बन्धित पक्षसँग जोडदार रुपमा माँग गरिएको स्थानीय कृष्णदेव यादवले जानकारी दिनुभयो ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.