शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फोरम प्रदेश २ को अध्यक्षमा मन्त्रि यादब निर्वाचित
बैशाख १७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख १७ - 
सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ अध्यक्षका लागि भएको निर्वाचनमा अध्यक्षमा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री  विजय यादब निर्वाचित भएका छन् । मत परिणाम आउने बित्तिकै यादबलाई भव्य स्वागत गरिएको छ। फोरमको केन्द्रिय कोषाध्यक्ष रहेका यादब सोमवार अबेर राति सम्पन्न अधिवेशनको मत परिणाम बाट प्रदेश अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचित यादवले आफ्ना निकटम प्रतिद्धन्द्धी रेणु यादव लाई ३७ मतले पछि पार्दै निर्वाचित भएका हुन। मत परिणाम अनुसार यादवले १ सय ८४ मत ल्याउन सफल भएका छन्। भने रेणु यादवले १ सय ४७ मत ल्याएर चित्त बुझाएकी छिन।

नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको छ । २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको मत परिणाम आइसकेकोले समितिले १० जना मनोनित बाट तीन जना उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्ष चयन गर्ने छन्  ।पार्टी विधानले एक व्यक्ति एक पदको व्यवस्था गरेको छ । प्रदेशमा रहने नेताहरु केन्द्रिय समितिमा जान नपाउने सांसद प्रहलाद गिरि बताउछन। प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता रहेका थिए।

यसै बीच संघिय समाजवादी फोरम नेपाल प्रदेश न। २ को अधिवेसन बाट सिरहा प्रदेश सदस्यमा बादल कुमार यादव-१७० मत, बिष्णु कुमार साह-१६५ ,राज कुमार गुप्ता ( राजु ) १५२, विद्यार्थी नेता दिपेश कुमार यादव १४३ , मनोज कुमार सिंह १३१ मत ल्याएर विजय भएका छन्।

महिला प्रदेश सदस्यमा बिन्दु यदव - २४९ मत, उषा यादव - २२० , रम्भा देवि यदव - १९८, निलम देवि राउत - १९७,उर्मिला साह - १९३, बिभा यादव - १८७,निर्मला यादव - १८७, रेणु यादव - १८२,सोभा देवि साह - १७०, ममता मण्डल - १६३, मिनि सिंह - १५८, रिता यादव - १४१ मत ल्याएर विजय भएकी छिन। त्यस्तै मुस्लिम बाट प्रदेश सदस्यमा रुहि नाज - १६३, मोहम्मद युसुफ अलि - १३३ र सहिदा खातुन - १२३ मत ल्याएर विजय भएका छन।

त्यस्तै सप्तरी बाट प्रदेश सदस्यमा दिनेश यादव - २६२ , दिपक यादव - २५०, शम्भु झा - २१९ , सत्य नारायण यादव - १९१, राधे श्याम पण्डित - १९७, शिव संकर यादव - २१२ मत ल्याएर विजय भएका छन। विजय भएका अध्यक्ष सहित सम्पूर्ण सदस्यहरु लाई मुख्यमन्त्री लालबाबु राउतले  बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन। अध्यक्ष पदका तेस्रो उम्मेदबार साँसद अशोक यादबले ७४ मत प्राप्त गरेको जानकारी प्राप्त भएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.