शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागु औषध सहित लहानका २ जना पक्राउ
बैशाख १७, २०७६ | फिरोज शेख

 फिरोज शेख लहान २०७६ बैशाख १७ -
लागु औषध सहित लहानका २ जना पक्राउ परेका छन। इलाका प्रहरी कार्यलय लहानले लागु औषध सहित २ जना लाई पक्राउ गरेका छन। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी गस्ती टोलीले लहान नगरपालिका वडा नं। १९ गाढा चौकको आँप बगैँचामा लहान नगरपालिका वडा नं। ३ बस्ने २६ वर्षीय प्रविण कुमार यादवले चलाएको स।७ प ९३९१ नं। को मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको पछाडी सवार लहान नगरपालिका वडा नं। ८ बस्ने २९ वर्षीय अर्जुन कुमार महतोले बोकेको ५ लिटरको प्लाष्टिकको ग्यालिन भित्र लुकाई छिपाई राखेको अवस्थामा ६५८ एम्पुल लागु‍औषधबरामद भएको प्रहरीले जनाएको छ। जसमा २०० एम्पुल फेनार्गन, २३८ एम्पुल डायजिल्याव र २२० एम्पुल नोर्फिन रहेको छ।

पक्राउ परेका दुवै जनाको साथबाट मोटरसाइकल सहित तीन थान मोवाइल समेत बरामद गरिएको छ। यादव र महतोलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको र जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिएका छन्।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.