शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
युथ मुस्लिम वेलफेयरका युवाहरु द्वारा सरसफाई
बैशाख २०, २०७६ | फिरोज शेख

फिरोज शेख २०७६ बैशाख २० शुक्रबार - 
सिरहाको लहान नगरपालिका वडा नम्बर ५ मा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालका युवाहरुले सरसफाई कार्यक्रम शुरु गरेका छन। लहान ५ मा अवस्थित मुस्लिम समुदायको विद्यालय "दारुल उलूम हनफ़िया असर्फिया " संगै रहेको वस्तीमा लामो समय देखि सरसफाई नहुँदा ढल तथा नाला भरेर वातावरण नै दुर्गन्धित तथा प्रदुषित बनेको थियो। स्थानीयका अनुसार पटक पटक सरसफाई तथा ढल निकासको समस्या समाधानका लागि सम्बन्धित निकायमा जानकारी गराउदा पनि कुनै वास्ता नगरेका कारण "दारुल उलूम हनफ़िया असर्फिया " विद्यालयमा पढ्ने विद्यार्थी, शिक्षक सहित स्थानीयहरु पनि दुर्गन्धित तथा प्रदुषित बातावरणमा बस्न बाध्य भएका छन।

फोहरका कारण विद्यालयमा अध्यनरत विद्यार्थी , शिक्षक तथा स्थानीयको स्वास्थ्यमा परिरहेको असर लाई मध्य नजर गर्दै युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालका युवाहरुले ३ दिने सरसफाई कार्यक्रम शुरु गरेको सोसाईटीका अध्यक्ष इसराइल सिद्दिकीले जानकारी दिएका छन। त्यस वस्तीमा लामो समय देखि ढल निकासको समस्या समाधान नहुदा पटक पटक यो समस्या आइरहेको स्थानीय सिताराम परियार बताउनु हुन्छ। हाल विद्यालयमा ७० जना अन्य जिल्लाका विद्यार्थी र स्थानीय ६० जना विद्यार्थी अध्यनरत छन।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.