शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अदालतको अवज्ञा गर्दै घर भत्काइयो
जेठ ३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ ३ - 
सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले उच्च अदालत जनकपुर राजबिराज इजलासको अवज्ञा गर्दै एक जनाको घर भत्काएका छन्।उच्च अदालत जनकपुर राजबिराज इजलासले घर नभत्काउन दिएको आदेशको अवज्ञा गर्दै अध्यक्ष यादवले सखुवानन्कारकट्टी ३ सहन्चिया बस्ने  दुखिया भनेर चिनिने दुखि यादवको घरमा डोजर लगाई पक्कि घरको केहि भाग भत्काएका छन्। सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष यादवले आफ्नो स्वामित्वमा रहेको घर जग्गा विकाशको नाममा जबर्जस्ती अतिक्रमण गर्न खोजेको आरोप लगाउँदै दुखि यादवले सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादव लाई विपक्षी बनाएर  उच्च अदालत राजबिराजमा उत्प्रेषण मिश्रित परमादेश माग गर्नुभएको थियो । यादवले माग गरेको निवेदनउपर उच्च अदालतले २०७६ बैशाख २२ गते सुनुवाई गर्दै प्रचलित नेपालको कानूनी प्रक्रिया नअपनाई गैरकानूनी ढङ्गबाट कसैको निजि सम्पतिमा आघात पार्ने, क्षति पु¥याउने लगायत कुनै कानून विपरित कार्य गर्न अधिकार नभएकोले निवेदक यादवको स्वामित्वमा रहेको कित्ता न. ५०८ को जग्गामा रहेको घर र जग्गामा समेत निवेदकको सहमति मन्जुरी विना प्रस्तुत निवेदनको अनन्तिम टुंगो नलागे सम्म निवेदकको भोग चलनमा रहेको भनिएको कित्ता न.५०८ मा रहेको घर जग्गामा कुनै किसिमको आघात पर्ने वा तोडफोड गर्ने कुनै कार्य नगर्नु नगराउनु भनी परमादेश जारी गरेको थियो।

सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले अदालतको आदेश विपरित कुनै कानूनी प्रक्रिया नअपनाई एक्कासी मंगलबारआफ्नो स्वामित्वमा पर्ने घरको १ फिट पिल्लर भत्काएर अदालतको अवहेलना गरेको दुखि यादवका छोरा राम प्रित यादवले पत्रकार सम्मेलन गरि आरोप लगाएका छन। हामीले निषेधाज्ञाको बारेमा जानकारी गराउदा पनि अध्यक्ष यादवले अदालतको आदेशको अवज्ञा गर्दै सम्पत्ति अतिक्रमण गरेकोले आफू न्यायका लागि अदालतको ढोका ढक्ढक्याउने पिडित यादवका छोरा राम प्रितले पत्रकार सम्मेलनमा बताएका छन्।

सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले उच्च अदालत जनकपुर राजबिराज इजलासले जारि गरेको कुनै आदेश हामि कहा न आएको र यस बारेमा आफुलाई केहि थाहा न भएको बताउदै ‘हामीले अदालतको आदेशको अवज्ञा गरेका छैनौ, दुखि यादवले सार्वजानिक बाटोको १ फिट जग्गामा घर निर्माण गरेको हुँदा सथानीय ,भाद्र भलादमी समेतको उपस्तिथिमा निर्णय गरि    बाटो फराकिलो गर्ने क्रममा उहाले  निर्माण गर्नु भएको घरको एउटा पर्खालको १ फिट जतिको संरचना भत्काइएको बताएका छन्। ,उहाँले भन्नुभयो–त्यो ऐलानी जग्गा यादवको स्वामित्वभित्र नपर्ने भएकोले हामीले भत्काएका हौं उहाको तर्क छ। यदि कुनै त्यस्तो आदेश अदालत बाट आएकै हो भने गाउँपालिका लाई किन जानकारी गराइएन ? भन्ने उहाले प्रश्न गरेका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.