शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लहान लाई
जेठ ७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेष्ठ ७ - 
सिरहाको कर्जन्हामा भएको प्रदेश स्तरीय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लहान सपोर्ट एकेडमी जितेको छ। कर्जन्हा नगरपालिका द्वारा आयोजित प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा  लहानले महोतरी क्रिकेट क्लवलाई ४६ रनले पराजित गर्दै उपाधि चुमन सफल भएका छन्। टस जितेर पहिला ब्याटिंग गर्दै लहानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै म्यान अफ द म्याच राजन रौनियारको अर्धसतकीय ५० रनको परीले १४१ रन बनाउन सफल  भएको थियो। त्यस्तै लहानका लागि कुश मण्डल २४ ,राम एकबाल यादव १५ र क्याप्टन राकेश कामैतले ११ रन बनाएका थिए। १४२ रनको लक्ष्य लिई मैदानमा उत्रेको मोहतरीले फितलो प्रदर्शन गर्दै १८ ओभर १ बलमा सबै विकेट गुमाउदै ९७ रनमा समेटिएको थियो। प्रतियोगिता अन्तर्गत राम्रो प्रदर्शन गरेका लहानका तपेस्वर मुखिया बेस्ट बलर, राकेश कामैत बेस्ट ब्याट्सम्यान र राजिव म्यान अफ द सिरिज भएका छन् । विजेता लहान टिमले २५ हजार ५ सय ५५ नगद ,शिल्ड ,मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् भने उपविजेता महोतारिले १५ हजार ५ सय ५५  नगद , शिल्ड ,मेडल र प्रमाण -पत्र प्राप्त गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.