शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
युथ मुस्लिम सोसाईटी द्वारा सामुहिक इफ्तार कार्यक्रम सम्पन्न
जेठ १६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेष्ठ १६ - 
सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लहान ५ को बाख्रा बजारमा बुधबार सामुहिक इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रोजा वर्त राख्नेहरुका लागि यस वर्ष विशेष कार्यक्रमको आयोजना गरि सामुहिक इफ्तार कार्यक्रम सम्पन्न गरेको हो। यसअघि पनि रमदानका अवसरमा  मुस्लिम वेलफेयर सोसाईटीले  विशेष कार्यक्रमको आयोजना गरेको थियो। इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानका अवसरमा आयोजना गरिएको सामुहिक इफ्तार कार्यक्रममा  करिब ५ सय जना सहभागी भएका थिए । कार्यक्रममा  युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालका अध्यक्ष इसराइल सिद्दिकीले रमदानको शुभकामना दिदै सम्पूर्ण मुस्लिम समुदाय लाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरे। 

मुस्लिम समुदायको पहिचान, धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि हमीले गरिरहेको हुँदा यसमा सबैको सहयोग हुनु पर्ने कुरामा जोड दिदै नेपाल सरकार संग इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ। मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गरे। ‘रमजान तथा बकरइद जस्ता मुस्लिम धर्मालम्बीको पर्वमा दिने बिदाले नेपालका सबै समुदायले मुस्लिम धर्मावलम्बीहरुको संस्कृतिलाई बुझ्ने अवसर प्राप्त भएको थियो’, उनले भने, ‘अहिले बिदा कटौती हुँदा पहिचान खोसिएको अनुभूति भएको छ। अध्यक्ष शेखले यही महिनाभित्र पर्ने इद पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै प्रदेश सरकार र सङ्घीय सरकार लाई  ध्यानाकर्षण समेत गराएका छन्।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.