शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा फेशन शो एण्ड म्युजिकल ईभेन्ट” हुदै
जेठ १६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ १६ - 
सिरहाको लहानमा फेशन शो हुने भएको छ। एल एण्ड एन मोडल एजेन्सी प्रा.लि काठमांडौको आयोजनामा लहान मा फेस्ट “लहान २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” हुने भएको छ। देशका विभिन्न शहरमा सफल ईभेन्ट, फेशन शो कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल एल एण्ड एनले केहि दिन अगाडी सिरहाको मिर्चैयामा पनि पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न गरेको थियो। एल एण्ड एन मोडल एजेन्सी का म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्ण का अनुसार फेशन पारखीहरुको हब बन्दै गएको लहानमा उत्कृष्ट तथा राष्ट्रियस्तरका चर्चित मोडलहरु छनौट गरि लहानमा फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट आयोजना हुन लागेको बताएका छन्।

यसै बीच जेठ ११ गते सफलता पुर्वक पहिलो अडिसन सम्पन्न गरेर दोस्रो अडिसन यहि मिति २०७६ जेठ १८ गते सनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म लहानको गोधुली होटलमा हुन लागेको शो का कोर्योग्राफ़र सोनु कर्णले जानकारी दिएका छन्। रर्याम्प शो तथा आफ्नो प्रस्तुती दिन ईच्छुक युवा तथा युवतीले तोकिएको मितीमा अडिसन दिन सकिने बताइएको छ । मोडलिंग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट बन्चित र यस क्षेत्रको बारेमा विभिन्न जानकारी हासिल गरि व्यवसायिक रुपमा मोडल बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने कोर्योग्राफ़र कर्णले बताए। उक्त फेशन शोको लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ।

अडिसनमा छनोट भएका मोडलहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने बताएका छन्। फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ। यस शोमा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई विशेष ग्राहयता दिने जनाएको छ। “लहान २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट”को फाईनल यहि मिति २०७६ जेठ ३२ गते वाटिका टुरिजममा हुने आयोजकले जनाएका छन्। फाइनलका लागि ३५ देखि ४० जना सम्म युवायुवतिहरु लाई छनोट गरिने छ। 

 

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.