शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको भगवानपुरमा न्यायिक समिति कार्यलयको विधिवत उद्घाटन
जेठ १७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ १७ - 
सिरहाको भगवानपुर गाउपलिकामा गठित न्यायिक समितिले आफ्नो कार्यलयको बिहिबार एक कार्यक्रमका बीच विधिवत रुपमा उद्घाटन गर्दै न्यायिक कार्य शुरु गरेको छ। गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवको नेतृत्वमा उपाध्यक्ष तथा न्यायिक समितिका अध्यक्ष सिता देवी यादवले समिति कार्यकक्षको रिबन काटेर उद्घाटन गर्नु भएको छ। कार्यक्रममा न्यायिक समितिका सम्पूर्ण पदाधिकारी ,गाउ कार्यपालिकाका सम्पूर्ण पदाधिकारी,कर्मचारी, सम्पूर्ण वडा अध्यक्षहरु, प्रहरी निरीक्षक कैलाश कटुवाल, इलाका प्रहरी कार्यलय ठाडीका नायव निरीक्षक डम्बर बहादुर कटुवाल,संचारकर्मी लगायत विभिन्न संघ -संस्थाका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो। न्यायिक समितिको आसनमा बस्दै समितिका अध्यक्ष यादवले दलीय स्वार्थमा नपरी यस गाउपालिका भित्रका जनतालाई न्यायको अनुभूति गर्ने गरि काम गर्ने प्रतिवध्ता जनाउनु भयो। त्यस्तै गाउपालिका अध्यक्ष बेचन प्रसाद यादवले सकभर झगडियाहरु लाई मिलापत्र गराई समस्या समाधान गर्ने पहिलो प्रयास रहने प्रतिवध्ता व्यक्त गर्नु भयो। उक्त समितिका सदस्यहरुमा राम औतार यादव र दुनिया लाल यादव गत बैशाख ५ गते चयन भएपछी न्यायिक समिति मुर्तरुप लिएको नासु जय प्रकाश यादवले जानकारी दिनुभयो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.