शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ६ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
जेठ १७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ १७ - 
लहान नगरपालिका वडा न. ६ ले गत वर्ष गरेको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम लाई यस वर्ष पनि निरन्तरता दिदै बिहिबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। लहान नगरपालिका वडा न. ६ को कार्यलय द्वारा आयोजित तथा अल्फ्रेड हेल्थ केयर एण्ड डाइगनोस्टिक सेन्टर लहान ३ को सहयोगमा आयोजित उक्त शिविरमा लहानका १ सय २५ जना सर्वसाधारणले आफ्नो स्वास्थ्य चेकजाँच गराई लाभान्वित भएका छन्। शिविरमा डाक्टर विवेक प्रभात साह इन्टरनल मेडिसिन द्वारा मधुमेह , प्रेसर , बाथ , थाईराइड , मुटु तथा दम्माका रोगीहरु लाई नि :शुल्क चेक जाँच गरिनुका साथै इसिजी सेवा र औषधि पनि नि:शुल्क वितरण गरिएको लहान ६ का वडा अध्यक्ष अरुण केसीले जानकारी दिए। शिविरमा ८० जना पुरुष र ४५ जना महिलाले आफ्नो चेकजाँच गराई स्वास्थ्य लाभ उठाएको वडा अध्यक्ष केसीले जानकारी दिएका छन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.