शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि : शुल्क क्यान्सर रोग शिविर सम्पन्न
जेठ १९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान जेठ १९ - 
सिरहाको लहानमा एक दिने नि : शुल्क क्यान्सर रोग शिविर सनिबार सम्पन्न भएको छ। लहान नगरपालिका वडा न.७ को कार्यलयको आयोजना तथा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा आयोजित एक दिने नि : शुल्क क्यान्सर रोग शिविरमा ७१ जना अति विपन्न,सिमान्तकृत र गरिब निसहाय महिता तथा पुरुषले आ-आफ्नो स्वास्थ्य चेक-जाँच गराई स्वास्थ्य लाभ उठाएका छन्। नेपाल अबुर्द रोग निवारण संस्था लहान तथा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका चिकित्सक टोलि द्वारा सम्पन्न उक्त शिविरमा नेपाल अबुर्द रोग निवारण संस्था लहानका जेनेरल फिजिसियन डा.अरविन्द साह त्यस्तै भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका डा.रशमी थापा र डा.सागर अधिकारिको टोलीले क्यान्सर सम्बन्धि रोगहरुको चेकजाँच गरेको वडा न.७ का अध्यक्ष रोशन गुप्ताले जानकारी दिएका छन्। वडा अध्यक्ष गुप्ताका अनुसार सिविरमा स्तनका गाठागुठि,सेतो पानि बग्ने,पाठेघरको मुखमा घाउँ,रातोपना,पाठे घरको मुख सुनिएको , गलेगाड़ो, शरीरमा गाठागुठि देखिने ( CYST LIPOMA ) का ब्लड प्रेसर , सुगर , पेट दुखेको, कमर देख्ने लगायतका समस्याहरु भएका ५५ जना महिला तथा १६ जना पुरुषको नि : शुल्क चेकजाँच गरिएको बताए। 

यसै बीच सेतो पानि बग्ने,पाठेघरको मुखमा घाउँ,रातोपना,पाठे घरको मुख सुनिएको १९ जना महिलाको क्यान्सर रोग भएको वा नभएको पुष्टि गर्न  PAP SMEAR पद्धति द्वारा स्वास्थ्य परीक्षण गरिएको डा.अरविन्द साहले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.