शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सामुहिक इफ्तार कार्यक्रम सम्पन्न
जेठ २०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ २० - 
सिरहाको लहानमा इस्लाम धर्मावलम्बिहरुको पवित्र महिना रमदानको अवसरमा लहान ५ बाख्रा बजारमा आइतबार साँझ सामुहिक इफ्तार कार्यक्रम सम्पन्न भएको छ। लहान नगरपालिकाको आयोजनामा आयोजित सामुहिक इफ्तार कार्यक्रममा करिब ५ सय ५० जना भन्दा बढी रोजा वर्त राख्नेहरु सहभागी भएका थिए। नगर प्रमुख मुनि साहको अध्यक्षता तथा लहान ५ का वडा अध्यक्ष सुलेमान मियाँ अन्सारीको संयोजकत्वमा सम्पन्न उक्त सामुहिक इफ्तार कार्यक्रममा नगरप्रमुख साहले रमदान र इदुल फित्रको शुभकामना दिदै धार्मिक विविधता, सहिष्णुता र धर्मनिरपेक्षताको सार्थक अभ्यास गरौं भन्दै सामुहिक इफ्तार गर्नु भएको छ।कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष अरुण केसी, वडा ७ का अध्यक्ष रोशन गुप्ता लगायत कर्मचारी,मुस्लिम समुदायका अगुवा,राजनीतिक दलका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.