शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला कारागारमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न
जेठ २०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ २० - 
सिरहा जिल्ला कारागारमा आइतबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न भएको छ।कामना नर्सिङ होम प्राली लहानको आयोजना तथा जिल्ला कारागार सिरहाको समन्वयमा सिरहा कारागार भित्र आइतबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा पुरुष २१० जना, महिला १४ जना र शिशु ३ जना गरि जम्मा २२७ जना कैदी बन्दीहरुले आ-आफ्नो स्वास्थ्य चेकजाँच गराई लाभान्वित भएका छन्। वरिष्ठ जेनेरल फिजिसियन डा.रितेश कुमार गिरि, डा.संजय कुमार यादव ,डा.अनिताभ साह र डा.रुपेश यादव लगायत कामना नर्सिङ होम प्रा।ली।मा कार्यरत स्वास्थ्यकर्मीहरुको सहयोगमा सफलता पुर्वक नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको नर्सिङ होम प्रालिका संचालक रोशन कुसवाहाले जानकारी दिएका छन्। शिविरमा चेकजाँच गराउनु हुने कैदी बन्दीहरु लाई नि:शुल्क औषधि समेत वितरण गरिएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.