शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा सहित देशभर शुभकामना आदानप्रदान गरि इदुलफित्र मनाइदै
जेठ २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ २२ - 
इस्लाम धर्माबलम्बीहरुको महान पर्व इदुलफित्र आज देश भर मनाइँदैछ। इस्लाम धर्माबलम्बीहरुले एकमहिने पवित्र रमदान (रोजा) ब्रत समापन गरी हर्षोल्लासपूर्ण वातारणमा इदुल फित्र मनाउँदैछन्। गरीब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको इस्लाम धर्मावलम्बीको ग्रन्थ कुरानमा उल्लेख गरिएको छ। सोहि अवसरमा आज सिरहाको लहान ५ मा अवस्थित इदगाहमा इदुलफित्रको नमाज विहान ८ बजेर ३० मिटेमा पढिएको छ। के धनि के गरिब सबै इस्लाम धर्माबलम्बीहरु एकै स्थानमा उपस्थित भई नमाज सम्पन्न गरि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान -प्रदान गरि इदुलफित्र पर्व धुमधामका साथ् मनाउने गर्दछन।यस पर्वमा सम्पूर्ण इस्लाम धर्माबलम्बीहरु आ-आफ्नो गक्ष अनुसार नया -नया लुगा कपडा संगै मिठा मिठा परिकार पकाई आफ्ना-आफन्त तथा इष्टमित्र लाई आफ्नो घरमा बोलाइ खाने र खुवाउने गर्दछन। यस पर्वको मुख्य परिकार दुध , किसमिस , नरिवल मिलाएर बनाइएको ( सवाई ) एक परिकारको खिर रहेका छन्।

 

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रि केपी शर्मा ओली , पुर्व प्रधान मन्त्रि झलनाथ खनाल ,पुर्व उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य कमरेड बामदेव गौतमले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्। आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेकी छन्। यो पर्वले आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसले हामीलाई विविधताबीच राष्ट्रिय एकताको भावना जागृत गराउने उनले सन्देशमा भनेकी छन्। राष्ट्रपति भण्डारीले रमजानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुताको भावना विकास गराउने सन्देशमा उल्लेख गरेकी छन्। यसै बीच लहान १८ शोभापुर र प्रदेश २ को राजधानी जनकपुरमा भोलि इद पर्व मनाइने जानकारी प्राप्त भएको छ।सरकारले आज सार्वजनिक विदा पनि दिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.