शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एसपी चतुर्वेदीको प्रतिवद्धता " सुरक्षित र भयमुक्त सिरहा "
जेठ २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ २२ - 
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले  " सुरक्षित र भयमुक्त सिरहा " निर्माण गर्न आफु काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ४ दिन अघि मात्र सरुवा भएर दोस्रो पटक सिराहा आउनु भएका प्रहरी उपरीक्षक चतुर्वेदीले मंगलबार पत्रकारहरु संगको परिचयात्मक तथा अन्तर्कियात्मक कार्यक्रममा बोल्दै यस्तो प्रतिवद्धता व्यक्त गर्दै आफुले पाएको जिम्मेवारी वहन गर्न कुनै कसर बाँकी नराख्ने तथा मातहतका निकाय तथा प्रहरी समेत चुस्तदुरुस्त रुपमा जनताको सुरक्षाकालागि परिचालित रहने बताउँदै आम जिल्लावासीको सहयोग र सहकार्य आवश्यक छ। जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि जिल्लालाई सबल, सक्षम बनाउने क्रममा स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधक बन्ने तत्वलाई कुनै पनि हालतमा छुट नदिने बताए । शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहिन विषय भएकोले यसमा गलत मनसायले कसैसँग सम्झौता गर्न नसक्ने भन्दै त्यस्ता तत्वहरुलाई सचेत रहन चेतावनी समेत दिए।

प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरी जिल्लामा घटित अपराधको निश्पक्ष, न्यायिक एवं वैज्ञानिक अनुसन्धान गर्ने, सीमा अपराधलाई न्युनिकरण गर्दै साना तथा अवैध हातहतियारको कारोबार नियन्त्रण गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्घंन गरी प्रयोगमा ल्याइएको पाईए कानुनी दायरामा ल्याउने, भुमिगत समुहको नाममा हुने अपराध, ठगी, तस्करी, लागु औषध विरुद्ध सशक्त कारवाही गर्ने तथा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सघनरुपमा अघि बढाईने , लागु औषध दुर्वेशनी विरुद्ध स्थानीय रेडियो संग सहकार्य गरि जनचेतना मुलक कार्यक्रम तथा नियन्त्रणका लागि अभियान चलाइने, वालविवाह गराउने दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन्।

यस जिल्ला प्रहरी कार्यालयलाई चाहिने जनशक्ति, भौतिक पुर्वाधार र साधन श्रोतको कमी भएको चर्चा गर्दै त्यसका वावजुद पनि प्रहरीले भ्याएसम्म शान्ति सुरक्षाका लागी अहोरात्र खट्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्। २०७२ को तेस्रो मधेश आन्दोलन, ६ महिना लामो नाकाबन्दी सहितको बन्दको स्बखत इलाका प्रहरी कार्यलय लहानमा डिएसपी ओहदामा रही यस क्षेत्रमा राम्रै छाप छोडन सफल दोस्रो पटक प्रहरी उपरीक्षक ( एसपी ) को ओहदामा सरुवा भई आउनु भएका चतुर्वेदी लाई कार्यक्रममा उपस्थित संचारकर्मिहरुले सफल कार्यकालको कामना गर्दै शुभकामना दिएका थिए।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.