शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गरिब,असहायलाई ईद सामाग्री वितरण
जेठ २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ २२ - 
सिरहाको लहानका विभिन्न वडामा वसोवास गर्दै आइरहेका मुस्लिम समुदायका गरिब तथा असहायलाई ईदको अवसरमा  ईदका  सामाग्री वितरण गरिएको छ। युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले लहानको वडा न.२,५,९ ,१०,१८ का विपन्न गरिब परिवारका १ सय जना जेष्ठ नागरिक तथा वालबालिकाहरुलाई लुंगी, टि-सर्ट, फ़्राक, कुर्ता सुरुवाल , पेन्ट, खाने सवाई लगायत विभिन्न लुगा-फाटा लगायतका सामाग्री वितरण गरिएको युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालका अध्यक्ष इस्राईल सिद्दिकीले जानकारी दिनु भएको छ। 

ईद सामाग्री वितरण कार्यक्रमा करिब १ लाख मुल्य बराबरको सामाग्री वितरण गरिएको जानकारी गराउदै आगामी दिनहरुमा पनि यस्ता गरिब , विपन्न , असहाय घरपरिवारका जेष्ठ नागरिक तथा वालबालिकाहरुको पहिचान र यकिन तथ्यांक संकलन गरि यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिदै जाने प्रतिवध्ता जनाउदै इदुल फित्रपर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालका अध्यक्ष सिद्दिक्की सहित पदाधिकारीहरुले सम्पूर्ण देशवासीमा सुभकामना समेत व्यक्त गर्नु भएको छ। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.