शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पानी परे संगै केहि राहत महसुस
जेठ २४, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ २४ - 
केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बन्दै गैरहेको बेला शुक्रबार पानि पर्दा    केहि राहत महसुस भएको छ। गर्मीका कारण तराईका सिरहा ,सप्तरी ,धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन निकै प्रभावित बन्दै गैरहेको छ। गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन। अस्पतालमा बिरामीको चाप बढेको छ ।सिरहाको लहान अस्पताल र सिरहा अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामी मध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ ।

गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । शुक्रबार  दिउसो १ बजेको तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको थियो । पानि परे संगै साँझ लहानको तापक्रम ३३ डिग्री सेल्सियस मापन गरिएको छ।   यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.