शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा यामाहा एफजीएस एफआई भी थ्री सार्वजनिक
जेठ २६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ २६ - 
सिरहाको लहानमा अवस्थित एस एस अटो सेन्टर लहान ( यामाहा ब्रान्डको शो रुम ) मा एक कार्यक्रमका बीच यामाहा एफजीएस एफआई भी थ्री मोटरसाईकल सार्वजनिक गरिएको छ।  नेपालका लागि यामाहा ब्रान्डको आधिकारिक विक्रेता रहेका एम ए डब्लु इन्टरप्राइजेजले शुरु गरेको राष्ट्रव्यापी यात्रा एफजीएस एफआई भी थ्री ‘फिल द थ्रिल’ कार्यक्रम अन्तर्गत शनिबार सिरहाको लहानमा गरिएको रोड सो मा चर्चित मैथली गायक भागवत मण्डल, डान्सर तथा मोडल लाजिना सुबेदी, चर्चित गायक अल्मोडा राना उप्रेती र धर्मेन्द्र सेवानको प्रस्तुतीका बीच नयाँ मोडलको मोटरसाइकल यामाहा एफजीएस एफआई भी थ्री सार्वजनिक गरिएको हो ।

रोड सोमा अल्मोडाले ‘पानी प¥यो’, ‘माया माया’, ‘दिलको भित्तामा’ र ‘यति यति पानी’ बोलका गीत गाएर दर्शकस्रोतालाई नचाएका थिए । त्यसैगरी, धर्मेन्द्र सेवानले ‘हेर्दा राम्रो’, ‘दिलै जलायौ’, ‘रेशम फिरिरि’ बोलको गीतमा प्रस्तुती दिएका थिए। त्यसैगरी मैथली गायतक भागवत मण्डलले ‘हमार देश नेपाल’ ‘दिवाना हम अहाके दिवाना ’ दिल मे बस्लौ अहा धडकनमे बसालिय " बोलको गीतहरु गाउदै दर्शकलाई झुमाएका थिए । भने डान्सर लजिना सुबेदीले " घर मोरे परदेशिया , प्रेम रतन धन पायो " स्प्रिङ्ग सेट छौउ, भन्ने गीतहरुमा प्रतुती दिदै आफ्ना डान्सद्वारा दर्शकलाई मनमोहक बनाउदै नान्च बाध्य बनाएकी थिइन् । 

एस एस अटो सेन्टर लहानका संचालक संजिव साहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोक लाल अमात्यको प्रमुख आतिथ्य आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि अमात्यको हात बाट नयाँ मोटरसाइकल सार्वजनिक गरिएको छ । भने कार्यक्रममा स्वागत मन्तवय एरिया सेल्स म्यानेजर दिपक विश्वकर्माले राख्नु भएको थियो ।

केही दिन अघि नेशनल लन्च भएको यो मोटरसाइकल युवा राइडरहरुको मन जित्न सफल भएको छ । एफजी एस–एफआई भी थ्रीमा अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । नयाँ मोटरसाइकलको सार्वजनिकीकरणले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ । यसमा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ ।

यसमा अघिल्लो पुस्तामा झैं ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ ।नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे क्यान’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ । नयाँ एफजी एस एफ आई भी थ्री मा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ रहेको छ र एफजी एस एफ आई भी थ्री को बजार मुल्य रु.३ लाख ९ हजार ९ सय रहेको एस एस अटो सेन्टरका संचालक संजिव साहले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.