शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा प्रहरी द्वारा गाडी संगै अबैध सामानहरु बरामद
जेठ 32, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ ३२ - 
जिल्ला प्रहरी कार्यलय सिरहाले विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटि गएका सुचना संकलन टोली र प्रहरी चौकी लगडीगोठका संयुक्त टोलिले सिरहा नगरपालिका वडा नं. १८ जरुवा टोल स्थित नेपालबाट अबैध रुपमा भारततर्फ लादै गरेको स१च १३४९ नम्बरको बोलेरो गाडिमा १० वटा राँगा अनुमानित मुल्य रु.२ लाख र बोलेरो गाडी अनुमानित मुल्य रु..३५ लाख गरि जम्मा मुल्य रु.३७ लाख बराबरको मालसामान र  गाडी चालक जिल्ला सिरहा गोलबजार न.पा.-४ बस्ने अन्दाजी वर्ष ३० को सिताराम साह समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाइएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटि गएका सुचना संकलन टोली र  प्रहरी चौकी माडर सिरहाबाट समेत संयुक्त टोलिले सिरहा नगरपालिका वडा नं. १५ सुखचैनाचौकमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै  गरेको २ वटा साईकलमा किराना सामान तेल,राजनिवास,चिप्स र २ वटा साईकल गरी अनुमानित मुल्य.रु.६५ पैसठी हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जनाइएको छ। 

यसै बीच जिल्ला सिरहा गोलबजार न.पा.-४  स्थित भित्री सडक खण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने  क्रममा महनौरबाट गोलबजार तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाइकल.पछाडि लोड गरि जुटको बोरामा कपडा ल्याउँदै गरेको अवस्थामा चेकिङ टोलिलाई देख्न साथ जुटको बोरा फालि मोटरसाइकल.लिएर भागेको उक्त बोरामा एक प्याकेटमा २४ मीटरको दरले ३३ प्याकेट अन्दाजी मुल्य रु.३९ उन्नचालिस हजार बराबरको लताकपडा  फेला पारी बरामद गरेको छ। बरामद सामान आवश्यक कारवाहीको लागी  भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहा मातहत इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलिले सिरहा नगरपालिका वडा नं. १७ स्थित भारतबाट नेपाल तर्फ भन्सार छली ल्यादै गरेको ३० के.जी सुर्ति अन्दाजी मुल्य रु. दश हजार पाँच सय बराबरको अवैध भन्सार छलीका सामान पक्राउ गरी जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी अपिल राज बोहराले जानकारी दिएका छन् । 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.